मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

$५००००० दिऊँ, ग्रिनकार्ड लिऊँ

$५००००० दिऊँ, ग्रिनकार्ड लिऊँ


हिमालयखवर संवाददाता- 
अमेरिका, ओरलाण्डो सिटीमा फुटबल (सकर) सम्बन्धी मुख्य क्लबले एउटा अनौठो प्रस्ताव अघि सारेको छ, त्यहाँ बन्न लागेको फुटबल स्टेडिमका लागि ५ लाख डलर दिऊँ अमेरिकामा स्थायी बसोबास अनुमति ग्रिन कार्ड लिऊँ । खेलकुदका लागि स्टेडिम बनाउने खर्च जुटाउन यस अघि दर्शक वा फ्यानहरुलाई व्यक्तिगत सिट लगायत विभिन्न खालका आकर्षण दिने गरिन्थ्यो । तर, ग्रिन कार्ड दिने प्रस्ताव भने आफैँमा नौलो हो । यसलाई अझ अघि वढाउंदै उक्त क्लबका मालिक फ्लावियो अगस्टो डी सिल्भाले ग्रिन कार्डको प्रस्ताव अघि सारेको न्यूओर्क टाइम्सले जनाएको छ । 
 
ओरलाण्डो मुख्य सहर नजिक बन्न लागेको फुटबल स्टेडियमका लागि पैसा जुटाउन डी सिल्भाले यस्तो प्रस्ताव अघि सारेका हुन् । विशेष गरी चीन, ब्राजिल लगायत विश्वभर जहांका पनि ग्रिनकार्ड चाहना राख्नेलाई दृष्टिगत गरी यस्तो प्रस्ताव डी सिल्भाले ल्याएको टाइम्सले जनाएको छ । 
 
यो प्रस्ताव कानुन अनुसार नै छ । अमेरिकाको केन्द्रीय प्रशासनले २५ वर्ष अघि ५ लाख देखि १० लाख डलरसम्म लगानी ल्याउनेलाई केही सर्त सहित ग्रिनकार्ड दिन सुरु गरेको हो । ईबी ५ भनिने यो कार्यक्रममा अमेरिकी काँग्रेसले १९९० मा ल्याएको हो । विशेष गरी व्यवसायमा पछाडि परेको क्षेत्रलाई दृष्टिगत गरी यस्तो कार्यक्रम ल्याईउको हो । गत वर्ष मात्र यसरी लगानी ल्याएर ९ हजारले ग्रिनकार्ड लिएका थिए । सन् २००३ मा यो व्यवस्था अनुुसार ग्रिनकार्ड लिनेको संख्या जम्मा १०० थियो । केही नेपालीले पनि यसरी ग्रिनकार्ड लिएका छन् । तर, यो व्यवस्थाको फाइदा उठाउने चीनका नागरिक सबैभन्दा अगाडी छन् । ईभी ५ अन्तर्गत दिएका ग्रिनकार्ड मध्ये ८० प्रतिशत चीनका नागरिकले पाएको समाचारमा उल्लेख छ । 
ईभी ५ कार्यक्रम पैसा हुनेलाई सजिलो सँग ग्रिनकार्ड र पांचबर्ष भित्र अमेरिकी नागरिकता लिने सबैभन्दा सरल प्रकृया हो । केही अनुदारवादीहरुले यसलाई ग्रिनकार्डको विक्री भनेर आलोचना समेत गर्दै आएका छन् । 
५ लाख डलर दिऊँ अमेरिकामा स्थायी बसोबास अनुमति ग्रिन कार्ड लिऊँ 
 
राज्य सरकारले सहयोग नगरेपनि डी सिल्भाले १५ करोड ६० लाख बरावरको स्टेडियम वनाउन उक्त प्रस्ताव अघि सारका हुन् । २५ हजार सिट क्षमताको उक्त स्टेडियम सन् २०१७ भित्र पुरा गर्ने लक्ष्य राखिएको छ ।  लागतको झण्डै आधा रकम नगदवाट ग्रिनकार्ड मार्फत उठाइने उनको योजना छ । तर, यसलाई रिपव्लिकन पार्टीले भने विरोध जनाएको छ । क्लबका अनुसार ग्रिनकार्डका लागि अहिलेनै ३० जना लगानीकर्ताबाट १ करोड ५०  लाख डलर लगानी तय भईसकेको छ । यो परियोजनाको कुल लागतको १० प्रतिशत हो  ।
 
व्यवसायीक र व्यक्तिगत पुर्वाधार निमार्णमा व्यवसायीले ईभी ५ कार्यक्रम यस अघि पनि उपयोग गरेका थिए । विशेष गरी फ्लोरिडा, क्यालिफोर्निया लगायतका स्थानमा यो केन्द्रित  थियो । ब्राजिलवाट अमेरिका वसाई सरेका डी सिल्भा आफुैले पनि यही ईभी कार्यक्रम अन्तर्गत ग्रिनकार्ड लिएका थिए ।
 
यो ग्रिनकार्ड प्रकृयामा अझै चीनियाको आकषर्ण बढ्दो छ । यो प्रकृया अनुसार ग्रिनकार्ड लिन व्याकराउण्ड चेक, तोकिएको रकम लगानी र एक वर्ष पछि १० जनालाई रोजगारी दिनु पर्छ । तोकिएको नियम पुरा गरेपछि ग्रिनकार्ड पाइन्छ र दुई वर्षमा यो स्थायी हुन्छ । यस पछि नियमानुसार परिवार पनि अमेरिका स्थायी बसोबासका लागि ल्याउन पाइन्छ । घरजग्गा, मल, लगायतका व्यवसायमा लगानी गर्दा पनि यसरी ग्रिनकार्ड पाइन्छ ।