मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

बिल गेटस् र एन्जेलिना जोली अत्यधिक मन पराइए

बिल गेटस् र एन्जेलिना जोली अत्यधिक मन पराइए


काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र हलिउड अभिनेत्री एन्जेलिना जोली संसारै सबैभन्दा मन पराइने व्यक्तिको सूचिमा क्रमश पुरुष र महिलातर्फ पहिलो स्थानमा छन् ।
 
बेलायती पत्रिका द इन्डिपेन्डेन्टले सार्वजनिक गरेको सूचीमा पुरुषतर्फ दोस्रो स्थानमा अमेरिकी राष्टपति बाराक ओबामा, तेस्रो स्थानमा चीनियाँ राष्ट्रपति सी जिनपिंग, चौथो स्थानमा चीनियाँ अभिनेता ज्याकी चेन, पाँचौ स्थानमा स्टीफन हकिंग र छैटो स्थानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छन् । त्यस्तै, सातौ स्थानमा मार्क जुकरवर्ग र आठौ स्थानमा दलाई लामा छन् ।
 
यता महिलातर्फ एन्जेलिना जोली पहिलो स्थानमा छिन् भने बेलायती महारनी एलिजावेथ दोस्रो तथा अमेरिकाको राष्टपतिय निर्वाचनका कार्यक्रममा व्यस्त रहेकी नेतृ हिलारी क्लिन्टन तेस्रो नम्बरमा छिन् ।
 
महिलातर्फ ओपरा विन्फ्रे, मिशेल ओबामा र मलाला यूसुफजई क्रमश चौथो, पाँचौ र छैटौँ स्थानमा छन् । एजेन्सी