मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   
हिमालय खबर तस्विर   

ड्यालसमा हरितालिका तीजको भव्य उत्सव सम्पन्न (फोटो/ भिडियो सहित)

ड्यालसमा हरितालिका तीजको भव्य उत्सव सम्पन्न (फोटो/ भिडियो सहित)

सात सय महिलाले गरे पूजा

अमेरिकाको ड्लासमा तीजको पूजामा संलग्न व्रतालु महिलाहरू ।

ड्यालस, टेक्सस — नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज यस वर्ष अमेरिकाको ड्यालसमा अत्यन्तै भव्य रूपमा सम्पन्न भएको छ।

पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहारमा बिहान ८ बजेदेखि नै व्रतालु महिलाहरूको भीड देखिएको थियो। मन्दिर कार्यकारी समितिका सहकोषाध्यक्ष बासु श्रेष्ठका अनुसार झण्डै सातसय महिलाहरूले विधिपूर्वक पूजा गरेका थिए। स्थान अभावका कारण पाँच चरणमा पूजा सम्पन्न गरिएको थियो, जसमा महिलाहरूले पालैपालो पूजामा भाग लिएका थिए।

Advertisement
ADVERTISEMENT

पूजा नगरी मन्दिरको दर्शन मात्र गर्ने महिलाहरूको संख्या करिब दुइहजार पाँचसय रहेको अनुमान गरिएको छ। साँझ अबेरसम्म तीजको व्रत बसेका महिलाहरू मन्दिर प्रांगणमा तीजका गीतहरू गाउँदै, नाचगानमा रमाउँदै पर्वको उल्लासमा डुबेका थिए। सहभागी महिलाहरूले “मन्दिर भएकै कारण हामीले हाम्रा पर्व, चाडहरू मनाउन पाइरहेका छौं” भन्ने धारणा व्यक्त गरेका थिए।

मन्दिर कार्यसमितिले ऋषि पञ्चमी पर्व बिहीबार बिहान मनाइने जानकारी दिएको छ। सो दिन विशेष पूजा गर्न चाहने महिलाहरूले अग्रिम बुकिङ्ग गर्नुपर्ने व्यवस्था गरिएको छ।

ड्यालस–फोर्टवर्थ मेट्रोप्लेक्समा ८० देखि ८५ हजार नेपालीहरू बसोबास गरिरहेको अनुमान छ, जसले गर्दा यहाँका धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा उल्लेखनीय सहभागिता देखिन्छ।

हरितालिका तीजको यस भव्य उत्सवले नेपाली समुदायमा एकता, श्रद्धा र सांस्कृतिक गौरवको सन्देश फैलाएको छ।

शेयर गर्नुहोस:

2.7k
Shares