मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
हिमालय खबर तस्विर   

अमेरिकामा नेपाली पत्रकारको भव्य स्वागत

अमेरिकामा नेपाली पत्रकारको भव्य स्वागत


ड्यालस (अमेरिका) । अमेरिका भ्रमणमा रहेका नेपाली पत्रकारहरुको सम्मानमा शुक्रबार टेक्ससको युलेसमा भव्य स्वागत कार्यक्रम आयोजना गरियो ।

नेपालबाट आएका पत्रकारहरु अनलाइन खबरका जनार्दन बराल, कान्तिपुर दैनिकका मनोज बस्नेत, एपी वान टिभीका मनोज जोशी र नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो । युलेस स्थित गोर्खा बार एण्ड ग्रील रेष्टुरामा आयोजना गरिएको कार्यक्रममा अतिथि पत्रकारहरुले अमेरिकामा रहेका नेपालीहरु भेट्दा उहाँहरुमा नेपालप्रतिको मायाँ सदभाव निकै नै पाएको उल्लेख गरे ।

Advertisement
ADVERTISEMENT

सहभागीहरुले हालै नेपाल सरकारले जारी गरेको गैर आवासीय नागरिकता ‘कागजी खोस्टो’ भन्दा अरु केही हुन नसकेको उल्लेख गर्दै त्यसबाट नत सम्पत्ति किनबेच गर्न मिल्ने, नत कम्पनी खोल्न मिल्ने, नत भिसा शुल्क मिनाहा हुने भन्दै पहिलेदेखिकै वंशजको नेपाली नागरिकताको निरन्तरताको लागि आवाज उठाइदिन सहभागीहरुले अतिथि पत्रकारहरुसँग आग्रह गरेका थिए ।

पत्रकाहरुले नेपालको प्रशासनतन्त्र असाध्यै पुरातनवादी सोचको रहेको र राजनीतिकर्मी पनि इमान्दार नहुँदा गैर आवासीय नागरिकता भुक्तमानको विषय हुँदै गएको उल्लेख गरेका थिए ।

कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेलले अतिथिहरुलाई खादा र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष भुवन आचार्यले टेक्ससको चिनो काउब्वाई ह्याट लगाएर अतिथिहरुलई स्वागत गरेका थिए ।

त्यस अवसरमा एनआरएनएका पूर्ब आइसिसी सदस्य नारायण कँडेलले स्वागत गर्दै नेपालीहरुका प्रगतिका कथा, यहाँको विकासको अवस्थाका बारेमा मिडिया मार्फत बाहिर ल्याएर नेपाललाई पनि अमेरिका जस्तै बनाउने दिशामा अघि बढ्न मिडियाबाट आशा राखिएको बताए । त्यस अवसरमा प्रवासी मञ्ज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापा, जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हरिबोल भण्डारी, सुशील क्षेत्री, डा. शुभद्रिका नेपाल लगायतले प्रवासी नेपालीले नेपाली मिडियाबाट राखेको अपेक्षाका बारेमा उल्लेख गरेका थिए ।

कार्यक्रममा हिमालय खबरका प्रधान सम्पादक विजय घिमिरेले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरुले समुदाय र मिडियाबीच निकटता ल्याउने, समस्याहरु पहिल्याएर मिडिया मार्फत बाहिर ल्याउन सघाउ पुग्ने उल्लेख गरेका थिए ।

शेयर गर्नुहोस:

2.9k
Shares