मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

सभापति आनन्द बिष्टद्दारा नव बर्ष २०१६ तथा ४० औं राष्ट्रिय मेलमिलाप दिवसको अबसरमा शुभकामना

सभापति आनन्द बिष्टद्दारा नव बर्ष २०१६ तथा ४० औं राष्ट्रिय मेलमिलाप दिवसको अबसरमा शुभकामना


नयाँ वर्ष सन् २०१६ को सुखद अवसरमा देश,विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली जनसम्पर्क समिति, अमेरिका परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्षको नयाँ बिहानीसंगै हामी यहाँहरु सबैको सुस्वास्थ्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
 
साथै ४० औं राष्ट्रिय मेलमिलाप दिबसको अबसरमा मेलमिलाप नीतिका प्रवर्तक, नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर महामानव वीपी कोइरालाको श्रद्धापूर्वक स्मरण गर्न चाहन्छौं ।
 
राष्ट्रिय स्वामित्व खतरामा परेको बेला आफ्नो जीउज्यानको समेत पर्वाह नगरी मेलमिलाप नीतिको घोषणा गर्दै महामानव कोइराला भारत प्रवासबाट स्वदेश फर्की सबै राजनीतिक शक्ति एकजुट भै सहमति र सहकार्यको बाटोमा अघि बढ्न गर्नु भएको आग्रह आज अझ बढी सान्दर्भिक देखिएको छ | राष्ट्रिय एकताको अभावमा मुलुकमा अराजकता व्याप्त छ । यसका लागि महामानव वीपी कोइरालाले घोषणा गर्नुभएको राष्ट्रिय मेलमिलापको यही सिद्धान्तलाई आत्मसाथ गर्दै सबै राजनीतिक दलहरु राष्ट्रिय हितका स्वार्थमा एक हुँदै मुलुकमा जारी संकट समाधानमा अघि बढ्न सकुन् भन्ने नेपाली जनसम्पर्क समिति, अमेरिका यस महत्वपूर्ण दिनका अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छ ।
 
धन्यवाद !
जय नेपाल !
 
आनन्द बिष्ट
सभापति
एबम नेपाली जनसम्पर्क समिति, अमेरिका
परिवार