मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
जो चर्चामा रहे   

सन् २०२० अमेरिकामा नेपाली, जो चर्चामा रहे

सन् २०२० अमेरिकामा नेपाली, जो चर्चामा रहे

-हिमालयखबर टीम

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन् २०२० पनि अब इतिहास बन्दैछ । २०२० को बर्ष तनाव, विरोधाभास र त्राशमै गयो भन्दा फरक पर्दैन । बर्षको शुरुमै कोभिड १९ को समाचार आउन शुरु भएको थियो । चीनमा देखिएको यो यो भाइरसले छिट्टै संसारका सबै मुलुकको यात्रा तय गर्यो । अमेरिकामा केही हुँदैन भन्ने सोच्दै गर्दा एक्कासी यो भाइरसको महामारी खेप्नु पर्यो । अमेरिकामा करिब २ करोड मानिसहरू यो भाइरसवाट प्रभावित भएको पुष्टि भईसकेको छ । तर, संक्रमितको संख्या यो भन्दा निकै बढी भएको अनुमान पनि छ ।
अमेरिका बस्ने नेपाली समुदाय पनि यो महामारीवाट नराम्ररी प्रभावित भयो । हज्जारौं संक्रमित भए । नेपाली समुदायका केहीले ज्यान पनि गुमाउनु पर्यो । अमेरिकामा यतिनै नेपाली समुदाय यो भाइरसवाट संक्रमणमा परे भन्ने तथ्यांक छैन । तर, यो हज्जारौंमा हुन्छ र सोचेको भन्दा निकै बढी छ ।
शुरुमा न्यूयोर्कमा यो भाइरसले महामारीको रुप लियो । जहाँ नेपाली समुदायको वस्ती पनि निकै ठूलो थियो । नेपालीहरु समुदायमा वस्ने घुलमिल हुने, अनि न्यूयोर्कको सार्वजनिक यातायात लगायतले धेरै नेपाली संक्रमणमा परेका हुन् । यो संक्रमणमा नेपाली समुदायनै सहयोगमा अग्रसर देखियो । न्यूयार्केको नेपाली समुदायले यसमा उदाहरणीय काम गर्यो ।
कोभिडले आम नेपाली समुदायको दैनिकीमा पनि परिवर्तन गर्यो । घर बाहिर निस्कन अझै सोच्नु पर्ने अवस्था छ । कयौंको नेपाल जाने आउने तयारी रोकियो । सामाजिक संघ संस्थाका गतिविधि पनि ठप्प भए । व्यापार व्यवसाय प्रभावित भए । एउटा असहज बर्षका रुपमा २०२० सकिएको छ ।
यसमा केही नयाँ तथ्यहरुपनि वाहिर आए । अमेरिकाको शेयर बजारमा नेपालीको सकृयता चर्चाको विषय बन्यो । कोभिड १९ ले शेयरमा लगानी गर्नेलाई अनुकुल वातावरण दियो । रविनहुड नेपाली समुहनै समाजिक संजालमा आयो ।
यस्तो महामारीमा पनि विवाद गर्न भने हामीले छाडेनौं । एनआरएनए, जनसम्पर्क समिति, प्रवासी मञ्च लगायतका संस्था भित्र विवाद आईनै रहे । एनआरएनए अमेरिकाले त क्षेत्रिय संयोजक पद नै नचाहिने भन्दै यो हटाउन सुझाव समेत दियो ।
महामारी रहेपनि अमेरिकामा राष्ट्रपतिको चुनाव भयो । संसदको चुनाव भयो । कयौ नेपाली सकृय रुपमा प्रचार प्रसारमा लागे । यसै वर्षबाट अमेरिकाको पार्टीगत राजनीतिमा नेपाली समुदायले चासो राखेर बहसहरु गर्यो । यो सकरात्मक पक्ष हो ।
पछिल्ला दिनमा नेपालको राजनीतिले नेपाली  समुदाय चिन्तित हुन पुग्यो । पार्टीगत राजनीति भन्दा पनि नेपालमा आर्थिक विकास होस भन्ने चाहना राख्ने नेपाली समुदायलाई नेपालको राजनीतिक घटनाक्रमले निकै चिन्तामा पारेका छ । आशा छ नेपालमा गणतन्त्र यथावत रहने छ ।

यो प्रभावमा हामी पनि पर्यौं । त्यसैले बर्षभरीका अमेरिकामा चर्चित व्यक्ति वा संस्था छनौट गर्दा सजिलो भएन । यो सुचीनै बन्दैन कि जस्तो पनि भयो । तर, हाम्रो कार्यलाई निरन्तरता दिन हामी वाध्य पनि थियौं । विवाद भन्दा वाहिर केही राम्रा काम पनि भए । केही नराम्रा पनि । यो हाम्रो सुची राम्रो कामको पक्कै हो । तर, राम्रो मात्र होइन चर्चामा रहेको नराम्रा पक्षलाई पनि हामीले समेट्ने गरेका थियौं । अहिले पनि गर्यौं ।

अर्थर गन अर्थात दिवेश पोखरेलको धुम :

सन् २०२० मा जुगांको रेखी मात्र बसेका नेपाली युवा दिवेश पोखरेलले अमेरिकामा धुम मच्चाए । अमेरिकामा चर्चित अमेरिकन आइडलको १८ औं संस्करणमा उपविजेता अर्थात दोस्रो बनेर उनले धुम मच्चाएका हुन् । अमेरिकन आइडलमा पुग्ने उनी पहिलो नेपाली पनि बने ।

उनी अमेरिकी आइडल बन्छन् भन्ने धेरै नेपालीको अनुमान थियो । धेरै नेपाली उनले जितेको हेर्न प्रत्यक्ष टेलिभिजन कार्यक्रम अगाडी पनि मन थामेर वसेका थिए । धेरै नेपालीले उनलाई भोट पनि हालेका थिए । तर, उनले दोस्रो स्थानमा चित्त वुझाउनु पर्यो । अर्थर गन अमेरिकन आइडलको अन्तिम प्रतिस्पर्धी हुँदा अमेरिकामा नेपालका वारेमा पनि धेरैले थाहा पाए । यो स्तरको सफलता पनि कम होइन ।
सन् १९९७ मा जन्मिएका दिवेश गायक तथा गीतकार पनि हुन् । कोभिड १९ ले २०२० त्यसै वित्यो । यो बर्ष उनले केही गरेर देखाउने आशा गर्न सकिन्छ ।
अधिकारका लागि नर्मदा क्षेत्री :

अमेरिका भित्र वा अमेरिकाको प्रशासनमा पनि प्रभाव पार्न सक्ने संस्था हो अधिकार । अधिकारलाई यो उचाईमा पुर्याउने नेपाली हुन् नर्मदा क्षेत्री । नेपालीले पाएको टिपिएस निरन्तर हुनुपर्छ भनेर अधिकार सडकदेखि अदालतसम्म सकृय भएको थियो । नेपालीले पाएको टिपिएस सुविधा नविकरण पनि भयो । यसका लागि अधिकारलाई पनि जस दिनु पर्छ । टिपिएसको नविकरणमा उनी लगायत धेरैजना सकृय थिए । त्यसमा उनी लगायत उनका सहकर्मीहरू निकै खटिएका थिए ।

टिपिएसमा मात्र होइन अमेरिकाको जनगणनामा नेपालीलाई सहभागी हुन अधिकारले अभियान चलाएको थियो । अमेरिकी जनगणनामा नेपाली भनेर उल्लेख गर्न अधिकारले यस्तो अभियान चलाएको थियो । यो सफल पनि भएको देखिन्छ ।
न्यूयोर्कको कुइन्स स्थित अधिकार नागरिक हक, अधिकारका लागि कृयाशिल संस्था हो । यो संस्थाको संगठन निर्देशकका रुपमा नर्मदाले योगदान दिँदै आएकी छिन् । उनीसँग मानव अधिकारको क्षेत्रमा काम गरेको १५ बर्ष लामो अनुभव छ । अधिकारकर्मी नर्बदाकै सकृय नेतृत्वमा अधिकारले न्युयोर्कमा आप्रावासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसँग मिलेर सन् २०१० को जुन १ मा न्युयोर्क राज्य संसदबाट घरेलु कामदारको अधिकार सम्बन्धी विधयेक पारित गराउन सफल भएको थियो । न्युयोर्क पछि हवाई, क्यालिफोर्निया, मासाच्युसेट्स र इलिनोईमा घरेलु कामदारको अधिकार सम्बन्धी विधयेक पनि पारित गरिसकेको छ ।
अन्तराष्ट्रिय श्रम संगठन आईएलओले सन् २०११ मा घरेलु कामदारको हक अधिकारको ग्यारेण्टी गर्दै अन्तराष्ट्रिय कानुन स्विकृत गरेको छ । यो कानुन स्विकृत गराउन दवाव दिन अमेरिकी प्रतिनिधिसँग क्षेत्री जेनेभा पुगेकी थिईन । सन् २०१५ मा नेल्स सैलुन टेक्निसियन कामदारको हक अधिकारका कानुन बनाउन पनि अधिकारले दवाव दिएको थयो ।
न्यूयोर्कको नेपाली समुदाय:

कोभिड १९ महामारी अमेरिकामा शुरुमा सबैभन्दा धेरै प्रभावित संसारकै राजधानी भन्न सकिने न्यूयोर्कमा पर्यो । त्यहाँ एक समय त कोभिडको त्रासले शहरमै कोलाहल मच्चिएको थियो । यसवाट नेपाली समुदाय पनि प्रभावित भए । केहीले ज्यान पनि गुमाउनु पर्यो । हज्जारौं नेपाली कोभिड १९ को संक्रमणमा परे । न्यूयोर्क जस्तो शहरमा घरवाट निस्कन सक्ने अवस्था पनि थिएन । यो बेला नेपाली समुदायको सहयोगका लागि नेपाली समुदायका सदस्यहरू अघि सरे । औषधी आवश्यक रहेको परिवारको ढोका सम्म पुग्यो । कयौंको घरमा सहयोगीहरुले रसद पानी पुर्याए । नेपाली समुदायले आफ्नै समुदायलाई गरेको सहयोग सहयोग निकै प्रशंसनिय थियो । एनआरएन न्यूयोर्क च्याप्टर, जनसम्पर्क समिति लगायतका संघ संस्थाका पदाधिकारीहरुले पनि समुदायलाई सहयोग पर्याउन सकृय रहे । यसले गर्दा न्ययोर्कमा बस्ने नेपाली समुदायले केही राहतको महसुस पनि गर्यो । पर्दा समाज रहेछ भन्ने पुष्टि पनि गर्यो ।

रविनहुड नेपाली समुह:

अमेरिकी शेयर बजारमा नेपाली । यो सन् २०२० मा चर्चा बनेको विषय हो । अमेरिकाको शेयर बजारमा लगानी गर्ने सकृय नेपाली कति होलान ? ५००० वा यो भन्दा बढी ? यसको कुनै तथ्यांक भने छैन । तर, यो संख्या कम भने छैन । बढ्ने क्रममा छ । टेक्ससका गौरी जोशी, लसएञ्जलसका बासुदेव घिमिरे, न्यूयोर्कका रविन बज्राचार्य शेयर बजारमा सकृय मध्येका केही नाम हुन् । तर, यो सुची निकै निकै लामो हुन्छ । पाँच जना नेपाली युवाको जमघटमा एक न एक जना शेयर बजारमा पैसा लगाएको छु भन्ने भेटिन्छन् ।

कोभिड १९ ले गर्दा पनि कयौं नेपाली शेयर बजारमा प्रवेश गरे । अमेरिकाको शेयर बजारमा सकृयहरुको समुहलाई समेट्न फेसवुकमा रविनहुड नेपाली समुह चर्चित छ । भोली एप्पल खाने होला कि नहोला ? निकोलाले डुवायो । नियो बेच्ने वेला भयो कि भएन । प्लाटरले केही गर्छ यस्ता जानकारी रविनहुड नेपाली समुहमा भेटिन्छन् । तपाई शेयर बजारमा सकृय हुनुहुन्छ भने रविनहुड नेपाली समुहमा पनि जोडिदा फाइदै हुन्छ । काम लाग्ने वा नलाग्ने जे भए पनि सुचनाहरु पाइन्छ । गुड जव रविनहुड नेपाली समुह । अव नेपालको शेयर बजारमा पनि दवाव दिनु पर्यो प्रभाव देखाउनु पर्यो ।
संकटमा सकृय उर्गेन शेर्पा :

संकटमा नेतृत्वको क्षमता देखिन्छ । उर्गेन शेर्पाले न्यूयोर्कमा कोभिड १९ को संकटको बेला यही वाक्यलाई पुन पुष्टि गरे । कोभिड महामारीको बेला न्युयोर्कमा सबैभन्दा वढी सहयोग परिचालन  गर्ने संस्थामा शेर्पा किदुङ्ग रह्यो । यसमा सबैभन्दा सकृय थिए उर्गेन शेर्पा ।

सहयोग एउटा समुदायमा मात्र समिति थिएन । अरु नेपाली समुदायका संघ संस्थासंग हातेमालो गरेर जुन परिवारमा सहयोग आवश्यक छ त्यहाँ पुग्न सकृय रहे उर्गेन । उनले न्यूयोर्क सिटीलाई समेत परिचालन गरि सहयोग जुटाए । जसले गर्दा कोडिभ १९ प्रभावितले केही मात्रामा भए पनि हाउजिगंको सुविधा पाए ।
उनले कोभिड फैलिन नदिन समुदायमा सचेतना जगाउने विभिन्न कार्यक्रम समेत गरे । आवश्यक सुचनाहरु प्रवाह गर्न सकृय रहे ।
कोभिडमा विश्वभर छाएका डा संजिव सापकोटा:

डा संजिव सापकोटा एनआरएए हेथ्ल कमिटीका संयोजक हुन् । अमेरिकामा कार्यरत नेपाली मुलका चिकित्सकहरुको संस्थामा पनि उनी सकृय छन् । कोभिड १९ को संकटमा नेपाली समुदायलाई सजग गराउन डा सापकोटा सकृय भए । पेशागत रुपमा अमेरिकामा रहेपनि विदेशमा वस्ने नेपाली माग कसरी कोभिड १९ को माहामारी फैलिदैं गएको छ जसको म्यापिङ्ग गरी जानकारीहरु सार्वजनिक गर्ने कायमा पनि डा सापकोटा अझै सकृय छन् ।

द काठमाडौं पोष्टको समाचार अनुसार उनी लगायत विदेशमा बस्ने नेपाली डाक्टरहरुको समुहले कोभिड १९ का वारेमा नेपालले गर्नु पर्ने कार्य के हुन सक्छन् यसवारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर जानकारी दिने पहल पनि गरेको थियो । तर, समय पाउन भने सकेन ।
लगानीमा सकृय सोनाम लामा:

सोनाम लामा गैर आवासिय नेपाली संघका उपाध्यक्ष हुन् । उपाध्यक्षका रुपमा उनले अमेरिकामा एनआरएनए गतिविधि विस्तारमा खासै योगदान दिएका छैनन । तर, नेपालमा एनआरएनएको अगुवाईमा भएका काममा सोनाम सकृय देखिएका छन् । सोनाम अहिले नेपालमा करोडौ लगानी गर्दै छन् । मुस्ताङ्गमा मुक्तिनाथ जाने यात्रुलाई लक्षित गरी उनले लगानी गरेको होटल निर्माण सकिएको छ । यस वाहेक अन्य परियोजनामा पनि सोनाम सकृय छन् । सोनाम एनआरएनए अध्यक्ष पदका आकांक्षी पनि हुन् ।  तर, उनले नेतृत्व क्षमता भने देखाउन बाँकी छ । तर, सोनाम नेपाल र अमेरिका बीच आर्थिक र व्यवसाय जोड्ने कडी भने बन्दै छन् ।

आफ्नै शैलीका शैलेश श्रेष्ठ:

आफ्नै शैलीका छन् शैलेस श्रेष्ठ । अमेरिका आउँदा शैलेशको परिचय कालाकार मात्र थियो  । तर, अहिले उनको परिचय अझै विस्तार भएको छ । उनी संचारकर्मी हुन् । अधिकारीकर्मी हुन् । नेपाली समुदाय र प्रवासीको मुद्दामा शैलेस अधिकार कर्मी हुन् । नेपालीले पाएको टिपिएस सुविधा निरन्तर हुनु पर्छ भन्दै शैलेश सडकमा आएका छन् । एनआरएनएलाई गलत बाटोमा लाग्न खोज्दा खवरदारी गरेका छन् ।

 गत नोभेम्बरको चुनावमा नेपाली समुदायलाई तताउन पनि शैलेस सकृय रहे । शैलेश जहाँ आफुलाई चित्त वुझ्दै त्यहाँ आवाज उठाउँछन् । कसैलाई मन परोस वा नपरोस उनलाई प्रवाह हुदैंन । लागेको कुरा भन्छन् र लेख्छन । खबरदारी गर्छन । समाजिक संजालमा प्रश्न उठाउँछन । संचार गर्छन । उनको आफ्नै शैली छ । त्यसैले त आफ्नै शैलीका छन् शैलेस ।
अमेरिकी राजनीतिमा नेपाली ल्याउने हुटहुटीमा प्रभात दीक्षित:

टेक्सस ड्यालसमा  बसोवास गर्ने प्रभात दीक्षित अमेरिकामा कलेज पढाउँछन् । तर, उनको परिचय यतिले मात्र दिन खोज्यो भने अन्याय हुन्छ । नेपाली समुदायलाई कसरी अमेरिकाको स्थानीय राजनीतिमा जोड्ने सकृय वनाउने भन्ने हुटहुटी उनमा सधैं देखिन्छ । टेक्ससको डलासमा स्थानीय राजनीतिक नेतृत्वलाई डाकेर विभिन्न कार्यक्रम गर्ने नेपाली माझ परिचय गराउने कार्यमा प्रभात दाईको कार्य उदाहरणीय छ । उनकै सकृयतामा डलासमा हिमालयन डेमोक्रेटीक क्लब स्थापना भएको हो । अमेरिकामा नोभेम्बरमा भएको चुनावमा उनले नेपालीलाई तताउने काममा सकृय हुनु भयो । नेपाली चुनाव प्रचार प्रसारमा सडकमा देखिनु उनकै सकृयताको प्रतिफल थियो ।

राजनीति मात्र होइन साहित्यमा पनि प्रभात दीक्षित सकृय छन् । उनकै कारण स्रष्टा साँझ नियमित भईरहेको छ । यसमा नेपाल र विदेशमा वस्ने नेपाली साहित्यकर्मीहरु सहभागि हुँदै आएका छन् । कोभिड १९ मा स्रष्टा साँझले कयौं नेपालीलाई सकृय हुने, महामारी भुल्ने वाहना पनि बनेको छ । जो होस उहाँको सकृयता खेर गएको छैन । नेपाली समुदायले फाइदा लिएको छ ।
फेरी सुगन कि वैगुन:

केही साता अघि नेपालमा छापिने नयाँ पत्रिकामा समाचार आयो सगुनको वैगुन । अमेरिकामा कार्यालय रहेको अमेरिकाको शेयर सम्बन्धि निकाय सेक्युरिटिज एण्ड एक्स्चेञ्जमा दर्ता भई समित शेयर विक्री गर्ने अनुमति पाएको सगुनले कसरी बैगुन गर्यो भन्ने उल्लेख उक्त समाचारमा थियो ।

नेपालको खोज पत्रकारिता केन्द्र (खोपके) का लागि तयार पारिएको उक्त समाचारमा सगुनले विदेशमा बस्ने नेपालीलाई गलत सुचना दिएर शेयर भिडाएको उल्लेख गरिएको थियो । सगुनले भने उक्त समाचारको खण्डन पनि गर्यो । तर, अहिले सम्म पनि सगुनको शेयर किन्नेहरुमा आफुले लगाएको सम्पत्तिको मूल्य कति पुग्यो त भन्ने प्रश्न भने छ ।

सगुनको शेयर जसले किने उनीहरुले वुझेर किनेका थिए भने ठगिने अवस्था आउने थिएन । जो होस अमेरिकामा स्थापना भएको सगुन यस बर्ष पनि चर्चाको विषय बन्यो । अमेरिका लगायत कयौं देशमा वस्ने नेपालीवाट यसले पैसा उठाएकाले पनि सगुनको वारेमा धेरैमा चासो छ । शेयर विक्री गर्दा शुरुमा फेसबुक र गुगल पनि सगुन जस्तै थिए भन्ने प्रचार समाग्री तयार  गरिएको थियो ।