मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

टेक्सासको ड्यालसमा श्रीकृष्ण जन्माष्टमीको सामूहिक पूजा हुने

टेक्सासको ड्यालसमा श्रीकृष्ण जन्माष्टमीको सामूहिक पूजा हुने


श्री हरिहर शक्ति मन्दिरमा येही आउने सेप्टेम्बर ५  तारिख जन्माष्टमीको सामूहिक पूजा बेलुका ७.30 बजे प्रारम्भ हुनेछ।बेलुका ९.००  बजेदेखि भजन कीर्तन राधाकृष्ण झाँकी र नृत्यद्वारा कृष्णजन्म महोत्सव मनाइने छ ।बेलुका १०:३०  बजे कृष्णजन्म कथा र माखनलीला र धेरै धेरै बालकृष्णहरुको दिव्य दर्शन हुनेछ।
 
श्रीकृष्ण जन्म महोत्सवको सुन्दर भजनमा सामूहिक नृत्य र झुला झुलाउँदै रातको १२:००   बजे पीताम्बरधारी कृष्ण मुरारी को मनमोहन मनभावन दर्शन गर्दै यशोदा र गोपिनी बनेर कृष्णजीलाई मन मुटुमा सजाएर कार्यक्रम समापन हुने हुँदा सम्पूर्ण भक्तजनहरुमा हार्दिक आमन्त्रण गर्दछौं ।
 
यस्तो पवित्र दिनमा भगवानलाई हलुवा आदि पक्वान्न भोग लगाउन पाउनु अहोभाग्य हो। अत: हलुवा र अचार बनाउन चाहनु हुने महानुभावहरुले हामीलाई ४६९ -२३५ -५३२८  मा फोन गरेर जानकारी गराउनु हुन सादर अनुरोध गर्दछौं । जय श्रीकृष्ण
श्री हरिहर शक्ति मन्दिर
इर्विंग टेक्सास