मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

कैलालीको टिकापुरमा मारिएका नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको अन्तिम विदाई ( फोटो फिचर)

कैलालीको टिकापुरमा मारिएका नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको अन्तिम विदाई ( फोटो फिचर)


सोमबार कैलालीको टिकापुरमा थरुहट पक्षधर आन्दोलनकारीसँगको झडपमा मारिएका नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको मंगलबार दिउँसो आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
 
हिजो टिकापुरबाट धनगढी ल्याइएको न्यौपानेको शव धनगढीमाबाट सेनाको हेलिकप्टरमा राजधानी ल्याइएको हो।
 
विमानस्थलबाट न्यौपानेको शव महानगरीय प्रहरी वृत्त गौशालामा राखेर श्रद्धाञ्जली दिइएको थियो। त्यसपछि उनको शवलाई पशुपति आर्यघाटसम्म शव यात्रा गरेर अन्तिम संस्कार गरिएको हो। उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतम, पूर्व गृहमन्त्रीहरु, कायममुकायम प्रधान सेनापति राजेन्द्र क्षत्री, गृहसचिव सूर्यप्रसाद सिलवाल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोशराज वन्त, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरु आर्यघाट गई स्व. न्यौपानेको पार्थिव शरीरमा फुलगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, अन्य प्रहरी कर्मचारीहरु, मृतकका परिवार एवं आफन्तजनलेसमेत न्यौपानेको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका थिए।
 
पशुपति आर्यघाटमा आफन्तले न्यौपानेको शवलाई फूलमाला चढाएपछि नेपाल प्रहरीको टुकुडी अन्तिम सलामी दिएको थियो।

हेर्नुहोस् न्यौपानेको अन्तिम संकार साभार:सेतो पाटी