मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एन आर एन कतारमा ३० जना उम्मेदवारले आपत्ती जनाउँदै इ भोटिङमा प्रकृयामा सहभागी हुन अस्वीकार ।

एन आर एन कतारमा ३० जना उम्मेदवारले आपत्ती जनाउँदै इ भोटिङमा प्रकृयामा सहभागी हुन अस्वीकार ।


 दोहा । एन आर एन ए कतारको छैठौं महाधिवेशन समापन पछि सहमतीय प्रणालीमा आउन नमानेपछि निर्वाचन संयोजकले इ भोटिङको लागि सूचना जारी गरेका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको गत मिती २०७२ भाद्र ४ गते तदनुसार २१ अगष्ट २०१५ शुक्रवारको दिनमा हुने भनिएको आसन्न निर्वाचन स्थगित भएको सूचना आए लगत्तै निर्वाचन समितीले उम्मेदवारहरुलाई जानकारी नगराई गरिएको इ भोटिङ निर्णय अमान्य हुने भनी जनाएको छ ।
यस मामलामा निर्वाचन समितीले उम्मेदवारहरुको मूल्य र मान्यतालाई कुल्चिएर बल मिच्याईं प्रबृति देखाएको आरोप लगाउँदै कुल उम्मेदवार संख्याको आधा भन्दा बढि अर्थात् ३० जना उम्मेदवारले कुनै पनि अवस्थामा बिद्युतीय प्रणाली पारदर्शी नहुने भएकोले अस्वीकार्य रहेको भन्दै आपत्ती जनाएका छन् । सहमतीय अवस्थाहरु आफुहरुबाट मार्ग प्रशस्त गर्दा गर्दै पनि सहमतीको चौघेरामा अर्को पक्ष आउन तयार नहुनु र अर्को तर्फ सहमतीका मार्गहरु अब नरहेको भन्दै बिद्युतीय प्रणालीमा जाने निर्वाचन समितीको एकांकी उद्घोषले उम्मेदवारहरुमा शंकाको सिंग जुरो पलाएको र यस अर्थमा कतारको हकमा गरिने भनिएको बिद्युतीय निर्वाचन प्रणाली अति शंकास्पद रहेको पनि प्रेषित पत्रको भावले जनाएको बुझिएको छ ।
२१ तारिखमा हुने भनिएको निर्वाचन स्थगित हुनुको कारण स्पष्ट नगरी, उम्मेदवारहरुको न्युनतम सहमती र राय नलिएर निर्वाचन समितीले जारी गरेको ठाडो उर्दी तीसै जना उम्मेदवार कसैलाई पनि पाच्य नभएको भन्दै ठाडो रुपमा अस्वीकार जनाएको छ ।
बिद्युतीय प्रणाली आफैंमा राम्रो र आधुनिक पद्धति भए पनि स्वयं निर्वाचन समिती नै बिद्युतीय निर्वाचन प्रणालीमा जाँदा कस्तो किसीमको कोड अफ कन्डक्ट तयार गर्नु पर्ने भन्ने सन्दर्भमा जानकार नभै वा उम्मेवारहरुलाई त्यसको पारदर्शिता हचुवाको रुपमा घोषणा गर्नु हास्यास्पद रहेको बताएका छन् ।
सदस्यता प्राप्त गरिसकेका २८०८ पार्षदहरुको इमेल एड्रेस लिएर सबैलाई इमेल मार्फत पासवोर्ड गोप्य रुपमा दिन सक्ने अवस्था निर्वाचन समितीले तयार गर्न सक्नु पर्ने र पार्षद सदस्य स्वयंले नै पार्षद सदस्यको इमेलमा आएको गोप्य पासवोर्ड प्रयोग गरी भोटिङ गर्ने भन्ने सामान्य नियम पनि तर्जुमा गर्न नसक्नु निर्वाचन समिती नै बिद्युतीय प्रणालीको निर्वाचनको मूल्य, मान्यता, विधीकै बारेमा शुन्य जानकार भन्ने प्रष्ट भएको भनी थप संप्रेषणमा उल्लेख गरेका छन् । एउटै आईपीबाट सैयौं भोट खस्यो भने त्यसलाई विद्युतीय प्रणाली सञ्चालन गर्न आँट गर्ने निर्वाचन समितीले मान्यता दिने कि नदिने भनेर कसरी हेरेको छ ? यो प्रविधीले कतारको हकमा आफुले रुचाएको व्यक्तिलाई गोप्य मतदान गर्ने उसको आकांक्षा माथि अंकुश लाग्ने भनी आपत्ती जनाएको छ । मतदाताको मताधिकारको दुरुपयोग हुने अवस्था सिर्जना हुने बारेमा बेखबर रहेको हो वा निर्वाचन समिती आफैं यस प्रणालीबाट पुर्ण अनभिज्ञ रहेको भन्ने स्पष्ट पार्दछ, पत्रमा भनिएको छ ।
बैज्ञानिक प्रणाली अवलम्बन गर्ने नाममा निर्वाचन समितीले गरेको अवैज्ञानिक निर्णय प्रति पुर्नवहस, पुर्नप्रकृया र शुन्य विन्दुबाट जान सुझाव दिँदै सबै पक्षलाई विश्वाशिलो, भरपर्दो र सकारात्मक अवस्था सिर्जना गरेमा मात्र आफुहरुले विचार गर्न सक्ने नभए यो प्रणालीलाई अस्वीकार गरी सहभागी नहुने अडानमा रहेका छन् ।
३० जना उम्मेदवारले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्वाचन संयोजकलाई सम्बोधन गरी प्रेषण गरेको पत्र र फोन मार्फत लिइएको थप जानकारी अनुसार सबैले यस प्रणालीलाई बहिष्कार गर्ने कुरामा ऐक्यवद्धता जनाएका छन् ।
जसमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदका उम्मेदवार अर्जुन प्रसाद भट्टराई, अर्का अध्यक्षका उम्मेदवार शाकिर अलि, नगेन्द्र प्रसाद पोखरेल प्रथम उपाध्यक्ष, करिम बक्स मियाँ महासचिव पदका उम्मेदवार, सुनिल मण्डल आईसीसी सदस्य पदका उम्मेदवार, होमनाथ शर्मा आईसीसी सदस्य पदका उम्मेदवार, प्रेम कुमार वि.क. सचिवका उम्मेदवार, मोहम्मद ओजिर सचिव उम्मेदवार, अब्दुल वासिद कोषाध्यक्ष उम्मेदवार, बुधवल गुरुङ कोषाध्यक्ष पदका उम्मेदवार, रुपेश यादव कोषाध्यक्ष पदका उम्मेदवार, अकबर कबाडी कोषाध्यक्ष पदका उम्मेदवार, केदारनाथ भुषाल युवा संयोजक, दिपेन्द्र ढकाल युवा संयोजक, सरिता भण्डारी पौडेल महिला सदस्य रहेका छन् ।
त्यस्तै गरी भूपति भट्टराई खुल्ला सदस्य, रामजी खत्री खुल्ला सदस्य, लाल बहादुर भट्ट खुल्ला सदस्य, डिल्लीराम भट्टराई खुल्ला सदस्य, सन्तोष दंगाल खुल्ला सदस्य, बुद्धि प्रसाद भण्डारी खुल्ला सदस्य, दिपक लामिछाने खुल्ला सदस्य, मोहम्मद रहमत हुसेन मध्यामञ्चल विकास क्षेत्र केन्द्रिय सदस्य, राम कुमार मण्डल पूर्वाञ्चल सदस्य, ठाकुर कुमार परियार पश्चिामञ्चल सदस्य, मान बहादुर केसी मध्यपश्चिम सदस्य, कृष्ण कुमार आयर सुदुरपश्चिमाञ्चल सदस्य र खुर्शिद मन्सुर मुस्लिम समुदाय सदस्य रहेका छन् ।