मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एन आर एन मलेसियाको अधिवेशन सम्पन्न

एन आर एन मलेसियाको अधिवेशन सम्पन्न


गैर आवासीय नेपाली संघ मलेसियाको चौथो अधिवेसन सम्पन्न भएको छ। २ बर्सको लागि सम्पूर्ण पदमा निर्बिरोध निर्वाचित हुदै राजधानी क्वालालम्पुरमा सनिबार अधिवेसन सम्पन्न भएको हो ।
अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परे पनि हरि भट्टराईले उम्मेदवारी फिर्ता गरे पछी शाह निर्बिरोद बनेका हुन् ।

 

कार्यक्रममा प्रमुख अतिथि तथा एन आर एन यसियाका क्षेत्रीय संयोजक गङ्गा राज राइले समाज र रास्ट्र परिबर्तनको लागि गैर आवासीय नेपालि संघले अमुल्य भूमिका खेल्दै आएको र अब पनि अहम भूमिका खेल्ने बताए । देसमा भैरहेको राजनीति अस्थिरताले नेपाल आमा बिरामी भएको भन्दै उनले थपे नेपाल आमाको मुहार फेर्न पनि एन आर एन ए नै अगाडी बढ्नु पर्छ । तेस्तै निबर्तमान आइसीसी सदस्य भवानी शंकर तिवारीले मलेसिया एन आर एन ले बैधानिकता पाएको र अब विभिन्न समस्या हरुलाई निराकरण गर्न सकिने बताए ।

 

कार्यक्रममा निबर्तमान उपाधक्ष बिस्वो राइले सुरुको दिनमा एन आर एन ए  मा मान्छे खोजेर राख्नु परेको, ५ जना बाट सुरु गरेर   ६ वर्ष पछी आज मलेसियामा ७ सय भन्दा बढी भएको मा आफुलाई गर्ब लागेको बताए । ६ बर्षको अबधि मा एन आर एन ए मलेसियाले नेपालबाट आउने विभिन्न संघ सस्था देखि नेता मन्त्रि हरु सम्म येहाका समस्याहरुको बारेमा जानाकारी गराएको, सम्बन्धित मन्त्रालयमा मलेसिया संग श्रम सम्झौता गर्न अनुरोध गरिएको, कला संस्कृतिको जगेर्नाको लागि नेपालि चाड पर्ब मा विभिन्न कार्यक्रमहरु गरेको, भूकम्प पीडितलाई नगद तथा जिन्शी सहयोग गरेको, भबन निर्माणको लागि ५० लाख रुपैया संकलन गरेको, येहाको गैर सरकारी संस्थाहरु संग समन्वय गरि नेपालि मजदुर हरुको समस्याको बारेमा जानकारी गराएको लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको जनाकारी दिए ।

 

निबर्तमान अधक्ष संकर बहादुर पौडेलले आफु मलेसियन नेपालि भए पनि एन आर एन ए मलेसिया मा ३ कार्यकाल पुरा गरेको र अब बाहिर रहेर पनि पूर्ण रुपले सहयोग गर्ने बताए । निबर्तमान उपाध्यक्ष तथा बर्तमान निर्वाचित आइसिसि सदस्य खगेन्द्र नेउपानेले उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य राखेका थिए ।


आगामी २ बर्षको लागि महेन्द्र जंग शाहको अधक्षतामा १३ जनाको कार्य समिति निर्बिरोध चयन भएको  छ।  समितीको उपाध्क्षमा सुक माया गोमार शान्ति, महासचिबमा लाल बहादुर आले सुन्दर, कोषाधक्षमा श्याम कला तिवारी, सचिबमा सुभद्रा लिंग्देल, सदस्यहरुमा राजेन्द्र साउद, ज्ञानेन्द्र सिंह, हरि प्रसाद कोइराला , रन्जीत कुमार क्षेत्री, टेक बहादुर टोमाटा, देव कुमारी टोमाटा, टेक बहादुर घर्तिमगर रहेका छन्।  आइसीसी सदस्यमा खगेन्द्र नेउपाने निर्बिरोध निर्वाचित भएका छन् आइसीसी सदस्येताको लागि उम्मेदवारी दिएका रमेश तिवारीले आफ्नो उम्मेदवारी फिर्ता लिए पछी उनि पनि निर्बिरोध बनेका हुन्। 

 

  नया कार्य समितीले सनिबार नै बैठक बसी प्रमुख संयोजक शंकर बहादुर पौडेल, संरक्षक मा विश्व राइ , भवानी शंकर तिवारी, सल्लाहकारमा चोला कान्त पंगेनी र प्रेम पाण्डे लाइ चयन गरेका छन्।  साथै समितीले आउदै गरेको महिला हरुको पर्ब हरिता

 

लिका तीज मनाउने निर्णय गरेको छ जसको संयोजकमा सुभद्रा लिंग्देल र श्याम कला तिवारी र शान्ति थापा रहेका छन्।  
कार्यक्रम मा नेपाली संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो।  निबर्तमान अधक्ष शंकर बहादुर पौडेल को सभापतित्वोमा सम्पन्न कार्यक्रममा येमुना राना र रमेश मल्लले संचालन गरेका थिए।  ।