महिनावारी हुँदाको क्षण कुनै पनि महिलाका लागि प्रीतिकर हुँदैन । किनकि, यतिबेला पेट दुख्न सक्छ भने महिलालाई सरसफाइमा अतिरिक्त ध्यान दिनुपर्ने बाध्यता हुन्छ । महिनावारी भएको बेला यी काम गर्नुपर्छः
स्वास्थ्यकर खाना
महिनावारी भएको बेला महिलाले हरियो सागपात, मौसमी फलफूल, पानी र अन्य झोल पदार्थ अन्य अवस्थामा भन्दा बढी खानुपर्छ । यसमा एक ग्लास तातो दूध थपियो भने अझ राम्रो हुन्छ । महिनावारी भएको बेला चिल्लोचाप्लो र मसलादार खाना नखानु नै राम्रो हुन्छ ।
व्यायाम र निद्रा
नियमित व्यायाम गर्ने बानी भएका महिलाले पनि महिनावारी भएको समयमा व्यायाम नगर्ने गरेका छन् । तर, महिनावारी भएको बेलामा व्यायाम अझ बढी आवश्यक हुन्छ । महिनावारी हुँदा पेट सुनिनेलगायत समस्यालाई कसरत र आठ घण्टाको गहिरो निद्राले घटाउने गर्छ ।
सरसफाइ
महिनावारी भएको बेला सरसफाइमा बढी ध्यान दिनुपर्छ । हरेक चार÷पाँच घण्टामा स्यानिटरी प्याड बदल्ने गर्नुपर्छ । प्याड बदल्नुअघि र बदलिसकेपछि साबुन पानीले हात धुने गर्नुपर्छ । दिनमा दुई÷तीन पटक पेन्टी फेर्नु राम्रो हुन्छ ।
खुकुलो पहिरन
टाइट र फिटिङ पहिरन महिनावारी भएको बेला लगाउनु हुँदेन । महिनावारी भएको बखत शरीर त्यसै असहज भएको हुन्छ । टाइट र फिटिङ पहिरनले यसलाई थप असहज बनाउँछ । चहकिलो रङको कपडा लगायो भने मन प्रसन्न हुने र सकारात्मक सोच आउने भएकाले यस्तै कपडा लगाउनु राम्रो हुन्छ ।
प्रतिक्रिया