मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

दुई वर्षमा के गर्यो एनआरएनए कतारले ?

दुई वर्षमा के गर्यो एनआरएनए कतारले ?


दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको निर्वाचनबाहेक छैठौ राष्ट्रिय महाधिवेशन सकिएको छ । आगामी कार्यकाल २०१५-२०१७ का लागि सहमती जुट्न नसकेपछि निर्वाचन हुने पक्कापक्की भईसकेको छ ।
 
गैरआवासीय नेपाली संघको अभियानमा १२ वर्ष अगाडि दोस्रो एनसीसीको रुपमा खाडी मुलुक कतारमा स्थपना भएको हो । स्थापनाकालदेखि नै निरन्तररुपमा क्रियाशील रहेको एनसीसी कतारले समुन्नत राष्ट्र निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ ।
 
एनआरएनए एनसीसी कतारले गत २०१३-२०१५ को अवधिमा सामाजिक, सांस्कृतिक, साहित्यिक क्षेत्रमा उल्लेख्य भूमिका खेल्दै मातृभूमि तथा कर्मभूमिमा उल्लेख्य कामहरु गरिसकेको छ । यसले कतार सरकार तथा अन्य आप्रवासी समुदायहरुबीच पहिचान बनाउन सफल भएको छ । गैरआवासीय नेपाली संघको अभियानमा दोस्रो एनसीसीको रुपमा स्थापना भएको यस संस्थाले के गर्दैछ भन्ने जिज्ञासा सबैमा भई नै रहन्छ ।
 
एनआरएनए एनसीसी कतारले आफ्नो पाँचौ कार्यकालमा १० लाख ९७ हजार कतारी रियाल भन्दा बढी (झन्डै ३ करोड ७ लाख रुपैयाँ) को आर्थिक गतिविधि गरेको छ । जसबाट ८ लाख १० हजार कतारी रियाल (झन्डै २ करोड २७ लाख रुपैयाँ) बराबरको रकम विभिन्न क्षेत्रमा सहयोग तथा दुई वर्षे अवधिको कार्य सञ्चालनमा खर्च गरेको छ । त्यसमध्येवाट २ लाख ६३ हजार रियाल भन्दा बढी रकम खेलकुद, कला र संस्कृती, दुतावासमा रहेको परामर्श केन्द्र, स्थापना दिवस लगायतका सामाजिक कार्यक्रम आयोजना तथा सन्चालन गर्दा खर्च भएको छ ।
 
त्यस्तै ३ लाख ४३ हजार भन्दा बढी रकम एनआरएनएको निर्माणाधिन भवनको सहयोग, काठमाडौको शंखमुल पार्क निर्माणका लागि सहयोग, भूकम्पपीडितकोे सहयोगार्थ राहत रकम लगायत नेपालका प्राकृतिक प्रकोपबाट पीडित नेपालहरु साथै कतारमा विभिन्न कारणले समस्या परेका कामदारहरुको सहयोगका लागि खर्चेको छ भने बाँकी रकम दुई वर्षे कार्यकालको आन्तरिक कार्यक्रममा खर्च भएको हो ।
 
एनआरएनए एनसीसी कतारले दुई वर्षे कार्यकालमा कतार सरकारका निकायसँग आफ्नो दरिलो उपस्थिति जनाएको छ । कतारमा स्थापित विभिन्न संघसंस्था, नेपाली दूतावास लगायत नेपालबाट कतारमा आउने सरकारी टोली साथै अन्तर्राष्ट्रिय समुदायहरुवीच नेपालीहरुको अवस्था लगायत समासामयिक विषयहरुमा सहभागी भएको थियो ।
 
संस्थालले आईसीसीसँग सहकार्य गर्दै गैरआवासीय नेपाली संघको हरेक अभियानमा उल्लेख्य सहयोग गरेको छ । सन् २०१३ मा सम्म विश्व सम्मेलनमा कतारबाट १ सय ४ जना प्रतिनिधिहरुलाई सहभागी गराउनेदेखि बहराईनमा सम्पन्न मध्यपूर्व क्षेत्रीय बैठक लगायत काठमाडौमा आयोजित सप्ताहव्यापी एनआरएनए स्थापना दिवसका कार्यक्रमहरुमा सक्रियरुपमा कतारलाई सहभागिता गराईएको थियो ।
 
यो कार्यकालमा कतारको स्थानीय क्लव अल अरविक स्पोर्टससँग सहकार्य गरी खेलकुदको क्षेत्रमा नेपालीहरुको महत्वपूर्ण उपस्थिति जनाउन सम्वन्य गरेको थियो । जसले गर्दा नेपालका राष्ट्रिय कलाकारहरु लगायत दर्जनौ स्थानीय कलाकारहरुले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको कला संस्कृतिलाई आफ्नो कलामार्फत सांगितिक प्रस्तुति राख्ने मौका मिलेको थियो ।
 
कतारमा रहेका स्थानीय नेपाली फुटबल खेलाडीको मैत्रिपूर्ण फुटबल खेल लगायत एनआरएनएले खेलकुदको क्षेत्रमा एनआरएनए कपलाई कतारमा नेपालीहरुबीच मुख्य आर्कषण बनाउन सफल बन्यो । नेपालबाट आउने खेलाडीहरुसँगको भेटघाट, सम्मान तथा विभिन्न चाडपर्वहरुमा साँस्कृतिक कार्यक्रमको आयोजना तथा संयोजन गर्दै नेपाली खेलकुद तथा सँस्कृतिको क्षेत्रमा आफ्नो दरिलो भूमिका स्थापना गर्न एनआरएनए कतार सफल भयो ।
 
एनआरएनए एनसीसी कतारले ४ लाख भन्दा बढी नेपाली कामदारहरु रहेको खाडी मुलुक कतारमा श्रमिकहरुका कैयौं कठिनाईहरुमा मल्हम लगाउने प्रयास गर्यो । यस अवधिमा २ सय भन्दा बढी पीडितहरुलाई आर्थिक सहयोग, कानूनी परामर्श तथा नेपाल फिर्तीका लागि पहल गर्यो भने कतारमा निधन भएका मृतकका परिवारलाई आर्थिक सहयोग समेत गरेको छ । संस्थाले स्वास्थ्य शिविर, सुरक्षा तथा सचेतना कार्यक्रम, दुर्घटनमा परी लामो समयदेखि अस्पतालमा रहेका बिरामीहरुका लागि सहयोग रक्तदान लगायत जस्ता सामाजिक कार्यमा निरन्तरत रुपमा आफूलाई क्रियाशील राख्यो ।
 
कतारमा रहेको श्रमिक समस्याको विषयलाई मध्यनजर गर्दै दूतावासमा एनआरएन परामर्श केन्द्र स्थापना गरी दैनिक औसत २ सय जना सेवाग्राहीहरुलाई दूतावाससँग सम्वन्य गर्दै नियमित सेवा प्रदान गर्न सफल भएको छ । यो अवधिमा ८० हजार भन्दा बढी नेपालीहरुले परामर्श केन्द्रको सहयोग लिएका थिए । हस्तलिखित पासपोर्ट खारेज हुने अन्तराष्ट्रिय नियमलाई मध्यनजर गर्दै दूतावासमा देखिएको चापका कारण समयमा नै कामदारहरुले एमआरपी नपाउने परिस्थितिलाई सहजिकरण गर्न यहाँका विभिन्न संघ संस्थाहरुको सहकार्यमा एमआरपी वितरण कार्यमा सहयोग गरेको थियो । पाँच विकास क्षेत्रीय परियोजना अन्तरगत शैक्षिक सहयोग समेत गर्यो ।
 
यसरी एनआरएनए कतारले आफ्नो दुई वर्षे कार्यकालका कार्यविधिहरु सन्चालन गर्दै आयो । गत शुक्रबार गैरआवासिय नेपाली संघका अध्यक्ष शेष घले प्रमुख अतिथि रहेको महाअधिवेशनसँगै अध्यक्ष मक्सुद आलमको नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल समापन भएको छ । अर्को नेतृत्व नआउन्जेलका लागि काम चलाउको रुपमा कार्यसमितिले काम गर्नेछ ।
 
यस्तो छ निर्देशन ?
 
एनआरएनए एनसीसी कतारले छैठौ महाधिवेशनमा आफ्नो घोषणापत्र प्रस्तुत गर्दै आगामी कार्यकालका कार्यान्वयन गर्न निर्देशन गरेको छ । नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धि बनाएको ऐन अनुसार २ वर्ष विदेशमा बसेको नेपालीले मात्र गैरआवासीय नेपालीको मान्यता पाउने व्यवस्थालाई संशोधन गरि १८२ दिन अथवा ६ महिना भन्दा बढि समय विदेशमा बस्ने सबै नेपालीलाई गैरआवसीय नेपालीको मान्यता दिलाउनपर्ने एनसीसीको मागलाई निरन्तर उठाउनुपर्ने बताईएको छ ।
 
आईसीसीको पुनर्निर्माण अभियानमा हातेमालो गर्दै वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले घाइते तथा अंङ्गभङ्ग भएका नेपालीहरुको उद्धार तथा सहयोगकालागि समन्वय गरी कल्याणकारी कोष स्थापनाका लागि हदैसम्म प्रयास गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
 
घोषणापत्रमा दुतावासमा रहेको एनआरएनए परामर्श केन्द्रलाई निरन्तरता दिने, कतारमा नेपाली साँस्कृतिक केन्द्र स्थापनाका लागि परिणाममुखी बनाउनुपर्ने, सून्य लागतमा वैदेशिक रोजगारीलाई कार्यान्वयनका लागि क्रियाशलि रहने जस्ता महत्वपूर्ण कामहरु आगामी कार्यकालमा आउने नेतृत्वले सम्पन्न गर्नुपर्ने भएको छ ।
 
कतारमा रहेका नेपालीहरुको विवरण अद्यावधिक गर्दै थप प्रभावकारीताका साथ संचालन गर्ने, नेपाली राजदुतावास कतारसंगको समन्वयमा नेपालको श्रम कानून र कतारको श्रम कानून सम्बन्धि जानकारीमुलक कार्यक्रमको आयोजना गर्नुपर्ने जस्ता कुराहरु बताईएको छ । खाडी राष्ट्रमा महिला कामदारहरुको सुरक्षाको प्रत्याभूतिका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गनुपर्ने, सामाजिक एकता र आपसी भाइचाराको विकास गर्न निरन्तर क्रियाशील हुनुपर्ने अधिवेशनले निर्देशन गरेको छ ।
 
प्रवासमा रहेका नेपालीहरुको खेल प्रतिभालाई संस्थागत रुपमा व्यवस्थापन गर्दै प्रवर्द्धन गर्ने योजना सहित शुरु गरिएको ‘एनआरएन कप फुटबल’ जस्ता प्रभावकारी खेल गतिविधिहरुलाई निरन्तरता दिदै सामाजिक, सांस्कृतिक, साहित्यिक कार्यहरुलाई निरन्तरता दिदै कतारमा साझा संस्थाको भूमिकामा रहनुपर्ने घोषणापत्रमा उल्लेख छ । महाधिवेशनमा घोषणा गरेजस्तै आगामी कार्यकालले आफ्ना गतिबिधि सञ्चालन गर्छ वा गर्दैन त्यो हेर्नका लागि दुई वर्ष कुर्नैपर्ने हुन्छ ।