मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जो चर्चामा रहे   

[NST] श्रद्धाञ्जली तथा दाहा-संस्कार !

[NST] श्रद्धाञ्जली तथा दाहा-संस्कार !


सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,
 
यति खेर नेपाली समाज मा अर्को दुखद घटना घटेको छ। अर्भिंग मा बसोबास गर्दै गरेका नेपाली युवा उपेश श्रेष्ठ (जन्म अप्रिल १९८७) लाई पार्कल्याण्ड हस्पिटलले मृत घोषणा गरेको छ। के कति कारणले उनको मृत्यु भएको तथा कहिले मृत्यु भएको भन्ने कुरा अस्पतालले पारिवारिक सदस्य यहाँ नभएको कारण ले गर्दा हामी समक्ष खुलाएको छैन। उनी नेपाल को सिन्धुपाल्चोक को बर्हबिशे का बासिन्दा हुन्।  
 
उनका कोही अभिबाबक तथा कोही आफन्त डल्लासमा नरहनु भएको र एक गाउले दाई तथा नेपालबाट परिवार द्वारा गरिएको अनुरोध अनुसार नेपाली समाज टेक्सास को अगुवाई तथा NRN लगायत अन्य स्थानीय संघ संस्थाहरुको सहयोगमा निम्न मिति स्थान र समय मा मृत उपेश श्रेष्ठ को पार्थिब शरीर मा श्रद्धाञ्जली, अन्त्येष्टि तथा दाहा-संस्कार गरिने भएको हुँदा सबैलाई उपस्थिति को निमित्त जानकारी गरिन्छ।  
 
श्रद्धाञ्जली तथा दाहा-संस्कार (Cremation): 
 
2:00 PM, Tuesday (8 /11 )
1230 Kingston Drive
Lewisville, TX – 75067
 
 
धन्यवाद,
विजयराज भट्टराई 
महासचिब
नेपाली समाज टेक्सास (NST)