मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

दुई मिनेटभित्र भोट हालेर बाहिर निस्कन सकिने

दुई मिनेटभित्र भोट हालेर बाहिर निस्कन सकिने


ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससको भोली शनिबार हुने निर्वाचनको तयारी पुरा भएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरु, नेपाली समाज टेक्ससका पदाधिकारीहरु शुक्रबार अबेरसम्म चुनावी प्रकृयाको तयारीको लागि व्यस्त थिए । शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुने र साँझ ७ बजेभित्र चुनावस्थलमा प्रवेश गर्नेले मतदान गर्न पाउने निर्वाचन आयुक्त विजयराज भट्टराईले जानकारी दिए ।

Advertisement
ADVERTISEMENT

एकैपटकमा २५ जनाले मतदान गर्न सक्नेगरि बुथहरुको व्यबस्था गरिएको छ । एकजनाले मतदान गर्न बढीमा डेढ मिनेटमात्र लाग्ने समेत भट्टराईले बताए । मतदान केन्द्रमा पसेपछि दुई मिनेटमित्र बाहिर निस्कन मिल्नेगरि छिटो गतिमा हुने व्यबस्था गरेको समेत उनले उल्लेख गरे ।

नेपाली समाज टेक्ससमा ६ हजार एकसय सदस्यहरु छन् । विगतको ट्रेण्ड हेर्दा ६० देखि ६७ प्रतिशतसम्म मतदान हुने गरेको छ । त्यस हिसाबले सहजै चुनाव गर्न सकिने विश्वासमा आयोगका पदाधिकारीहरु छन् ।

नेपाली समाज टेक्ससको नेतृत्व चयनका हुने निर्वाचनमा दिनभरि लाग्छ भन्ने बाहिर चर्चा चलेजस्तो होइन । हामीले छिटो हुनेगरि धेरै कामहरु गरिसकेका छौं अर्का आयुक्त बेदराज बस्नेतले भने । प्रमुख आयुक्त महेश नेपालले चुनाव सभ्य रुपमा सम्पन्न गर्न मतदाता सदस्यहरु, उम्मेदवार, स्वयमसेवकहरुबाट सहयोगको अपेक्षा राखिएको समेत उनले उल्लेख गरे ।

युलेसस्थित पशुपतिनाथ मन्दिरमा हुने चुनावले मन्दिरका पूजा, गतिविधि भने नियमित हुनेछन् । मन्दिरको पूजाका लागि उत्तरतर्फको गेट खोल्ने व्यबस्था गरिएको छ ।

भोलीको चुनावका लागि १६ पदमा ३३ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् । अध्यक्षमा विजय भुसाल र जनक भण्डारी टीम सहित प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्षमा जीवलाल भुसाल र चण्डी भण्डारी प्रतिस्पर्धामा छन् भने महासचिवमा प्रविश श्रेष्ठ र रामकृष्ण यादव छन् ।

गैर प्यानलबाट सदस्य पदमा एकमात्र उम्मेदवार हेम भट्ट उम्मेदवार रहेका छन् ।

शनिबारको निर्वाचनमा दुई वठा मतपत्रहरु हुनेछन् । नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले एउटा मतपत्रमा उम्मदवारहरुका नाम हुनेछ भने अर्काे मतपत्रमा विधानका केही व्यबस्थाहरु परिवर्तन गर्नका लागि सदस्यहरुको रायका लागि मत संकलन गर्न लागिएको हो । विधानको परिवर्तीत व्यबस्थालाई समर्थन गर्नका लागि हो भन्नेमा रेजा लगाउने र समर्थन नगर्नका लागि होइन भन्नेमा रेजा लगाउनुपर्ने समेत उनले बताए ।

नेपाली समाज टेक्ससको इतिहासमा विधानमा परिवर्तन गर्नका लागि यसप्रकासको चुनावी प्रकृयालाई अवलम्वन गरिएको यो पहिलो पटक हो ।

शेयर गर्नुहोस:

432
Shares