मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बङ्गलादेशमा २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरू

बङ्गलादेशमा २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरू


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

ढाका । बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरू गरेको छ। विद्यार्थी आन्दोलनबाट सुरू भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिशनको नेतृत्व गरेका अर्जेन्टिनी फरेन्सिक मानवशास्त्री लुइस फोन्डेब्रिडरको अगुवाईमा चिहानको उत्खनन् हुने बताइएको छ।

Advertisement
ADVERTISEMENT

ती शवहरूलाई ढाकाको रेयरबजार कब्रिस्तानमा स्वयंसेवी समूह अन्जुमन मुफिदुल इस्लामले सन् २०२४ जुलाईमा ८० र अगस्टमा मा अन्य ३४ लावारिस शवहरू व्यवस्थापन गरेको थियो।

संयुक्त राष्ट्रसङ्घले हसिनाले सत्तामा रहिरहने प्रयासमा गरेको व्यापक दमन र त्यसपछिका हिंसात्मक झडपका क्रममा कम्तीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । गत महिना मानवताविरुद्धको अपराधको लागि बङ्गलादेशको एक अदालतले उनलाई दोषी ठहराएको थियो।

अपराध अनुसन्धान विभाग (सिआइडी) का प्रमुख मोहम्मद सिबगाट उल्लाहले अनुसन्धानकर्ताहरूले सामूहिक चिहानमा लगभग ११४ लावारिश शवहरू रहेको विश्वास गरेको बताए । “चिहान खनेर शव निकालिएपछि मात्र हामी शवको पहिचानबारे पुष्टि गर्न सक्छौँ,” उल्लाहले भने । बाहिर निकालेका शवको पोस्टमार्टम परीक्षण र डिएनए परीक्षण गरिनेछ । यो प्रक्रिया पूरा हुन केही हप्ता लाग्ने अपेक्षा गरिएको छ।

ढाकाका चार मेडिकल कलेजका फरेन्सिक विशेषज्ञहरू टोलीमा सामेल छन् भने फोन्डेब्रिडरलाई संयुक्त राष्ट्रसङ्घ अधिकार निकाय ओएचसिएचआरसँगको सम्झौताको एक भागको रूपमा सहयोग प्रदान गर्न ल्याइएको छ। एएफपी

शेयर गर्नुहोस:

27
Shares