ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससद्वारा सञ्चालित नेपाली ग्लोबल पाठशालाका विद्यार्थीहरुको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको युलेसको पशुपतिनाथ मन्दिरको सभाहलमा आयोजित दीक्षान्त समारोहमा बिभिन्न ग्रेडका दुईसय ८० विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । विद्यार्थीहरुले नेपाली, गणित, नैतिक शिक्षा, डान्स, कोडिङ्ग लगायतका कक्षाहरुमा सफलतापूर्वक उत्तिर्ण गरेका थिए ।
त्यस अवसरमा विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा दीक्षित विद्यार्थीहरुलाई नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, उपाध्यक्ष बलराम पौडेल, भाइस प्रिन्सिपल ओजेश उप्रेती, जिविका अधिकारी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा स्ववमसेवकका रुपमा सहयोग गरेका शिक्षक शिक्षिकाहरुलाई समेत त्यस अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो ।
नेपाली ग्लोबल पाठशालामा यो वर्ष सन् २०२५ मा मात्र आठसयको हाराहारीमा विद्यार्थीहरु सहभागी भएर दीक्षित भएको भाइस प्रिन्सिपल उप्रेतीले जानकारी दिए । समापन समारोहमा अध्यक्ष वाग्लेले आउँदो वर्षदेखि ग्लोबल स्कूललाई अझै फराकिलो र बढी कक्षाकोठाहरुका साथ सञ्चालन गर्न पहल भैरहेको जानकारी दिएका थिए ।













प्रतिक्रिया