मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

शान्ति र सुरक्षा सुनिश्चित गर्न अमेरिका–युक्रेनको प्रारम्भिक समझदारी

शान्ति र सुरक्षा सुनिश्चित गर्न अमेरिका–युक्रेनको प्रारम्भिक समझदारी


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

वासिङ्गटन । अमेरिकी विदेश मन्त्रालयले दुई दिनसम्म चलेका वार्तापछि संयुक्त राज्य अमेरिका र युक्रेनबीच सुरक्षा व्यवस्थासम्बन्धी प्रारम्भिक ढाँचा (फ्रेमवर्क) मा सहमति भएको जनाएको छ ।

विज्ञप्तिअनुसार, शान्तिका लागि विशेष दूत स्टिभेन विटकफ र जारेड कुशनरले युक्रेनका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तेम उमेरोभ तथा जनरल स्टाफका प्रमुख जनरल अन्द्रीय ह्नातोभसँग रचनात्मक छलफल गरेका थिए । यी वार्ताहरू युक्रेनमा दीगो र न्यायोचित शान्ति स्थापित गर्न सम्भावित मार्ग पहिचान गर्ने उद्देश्यका साथ सम्पन्न भएका हुन् ।

गत दुई हप्तामा यो समूहको छैटौँ बैठक रहेको विज्ञप्तिमा उल्लेख छ । सचिव उमेरोभले युक्रेनको शीर्ष प्राथमिकता आफ्नो स्वतन्त्रता र सार्वभौमिकता सुरक्षित राख्ने, नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने र समृद्ध लोकतान्त्रिक भविष्य निर्माण गर्ने गरी समाधान खोजिनु पर्नेमा जोड दिए ।

बैठकमा अमेरिकन र रूसी प्रतिनिधिहरूबीच हालै सम्पन्न भेटका नतिजा पनि समीक्षा गरियो । साथै दुवै पक्षले दीर्घकालीन शान्ति कायम गर्न आवश्यक पर्ने प्रतिरोध क्षमतासहितको सुरक्षा व्यवस्थाको आधारभूत संरचनामा सहमति जनाए ।

दुवै मुलुकले कुनै पनि वास्तविक प्रगति रूसको दीर्घकालीन शान्तिप्रति गम्भीर प्रतिबद्धता र तनाव घटाउने तथा हिंसा अन्त्य गर्ने ठोस कदममा निर्भर रहने कुरा स्वीकारे ।

यसबाहेक, दुवै पक्षले युक्रेनको युद्धपछिको पुनर्निर्माण, संयुक्त आर्थिक परियोजना तथा दीर्घकालीन पुनरुत्थान कार्यक्रम समेट्ने ‘भविष्य समृद्धि एजेन्डा’ बारे पनि छुट्टै छलफल गरेका थिए ।

विज्ञप्ति अनुसार वार्ताहरू शनिबार पनि जारी रहने छन् । प्रारम्भिक रिपोर्टअनुसार बैठकहरू मियामी, फ्लोरिडामा आयोजित भएका थिए । सिन्ह्वा

शेयर गर्नुहोस:

81
Shares