मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

टेक्सासको ड्यालसमा गोपाल शाह द्वारा निशुल्क कानुनी परामर्श सेवा प्रदान

टेक्सासको ड्यालसमा गोपाल शाह द्वारा निशुल्क कानुनी परामर्श सेवा प्रदान


हिमालय खबर, टेक्सास I ड्यालस, १ अगस्ट / एनआरएन अमेरिकाले अगस्ट १ तारिखका दिन ड्यालसको   इर्विंग सहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) भवनमा  आयोजना गरेको टिपिएस सम्बन्धी कार्यक्रममा अमेरिकामा लामो समयदेखि कानुनी पेशामा संलग्न गोपाल शाहले निशुल्क रुपमा कानुनि सल्लाहा प्रदान गर्नु भयो । बि-१/बि-२, बिधार्थी, एसाइलम लगायत बिभिन्न स्टाटसमा रहेका व्यक्तिहरुले TPS मा एप्लाई गर्दा के हुन्छ, यसमा कसरी एप्लाई गर्ने जस्ता बिबिध प्रकारका समस्याहरुको जानकारी शाहले प्रदान गर्नु भएको थियो ।
 
TPS को बारेमा थप जान्न आवस्यकता भएमा ४१५-६२४-४६३०, [email protected] अथवा www.gopalshahlaw.com मा सम्पर्क गर्न सक्ने समेत बताउनु भयो । नेपालमा गएको महाभूकम्पको कारणले नेपालीहरुलाई TPS प्रदान गरिएको हुँदा सेवा स्वरूप, उहालाई सम्पर्क गरेर निशुल्क रुपमा TPS सम्बन्धि जानकारी लिन सक्ने समेत शाहले बताउनु भयो । कार्यक्रम पश्चात सहभागीहरुले निशुल्क रुपमा यस्तो अबसर प्रदान गरेकोमा आयोजक तथा गोपाल शाहलाई समेत धन्यबाद प्रदान गरेका थिए ।
 
 
एनआरएन अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सि. पोखरेलले सम्पूर्ण सहभागीलाई धन्यबाद व्यक्त गर्दै TPS को बारेमा शाहले निशुल्क जानकारी प्रदान गर्ने बताउनु भएको हुँदा सो अवसरको सदुपयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेतले आफुहरु बिभिन्न कानुनविद संग समन्व गरि पुन: यस्तो खालको कार्यक्रम आयोजना गर्न पहल गर्ने बताउनु भयो । सो अबसरमा एनआरएन अमेरिकाका उपाध्यक्ष राम सि.पोखरेल, कोषाध्यक्ष बेदराज बस्नेत, सल्लाहाकार सुनिल शाहा, नेपाली समाज टेक्सासका महासचिव बिजय भट्टराई लगायत स्थानीय संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
 
तेस्तै भोलि लवकमा इमिग्रेसन सम्बन्धी अनुभव  प्राप्त कानुन विद एटर्नी गोपाल शाह बाट टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) को फारम कसरी भर्ने भन्ने कुरा  नि:शुल्क तथा सामुहिक रुपमा टीपीएसका फारम भर्न सिकाउने  भएकोले अगस्ट २ गते, आइतबार TTU Student Union, Soapsuds, 232A मा हुन गईरहेको  एनआरएन अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले हिमालय खबरलाई  बताउनु भयो I लवकमा हुने कार्यक्रमको लागि इशान गुरुङ (६१८-४०९-२०५४) तथा अशोक ढकाल (८१७-९१७-५२१२) मा सम्पर्क गर्नु हुन् सबैलाई एनआरएन टेक्सास च्याप्टरले अनुरोध गरेको छ I