मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको सल्लाहकार समिति घोषणा , एजिएम् सेप्टेम्वरमा !!!

एनआरएन अमेरिकाको सल्लाहकार समिति घोषणा , एजिएम् सेप्टेम्वरमा !!!


 २५ जुलाई २०१५ , गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
 
 शनिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले यही आँउदो महिनाको सेप्टेम्वरमा न्युयोर्क राज्यमा एजीएम् गर्ने र सोको तयारिका लागि एनआरएन एनसिसि युएसएका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेललाई एजीएम्  संयोजक तोकिएको छ ।
 
साथै एजीएम् सफलता पूर्वक सम्पन्न गर्नका लागि तीन दिन भित्रमा खाका प्रस्तुत गर्ने गरी , अन्तराष्ट्रीय समन्वय परिषदका क्षेत्रीय संयोजक नवराज गुरुड०,उप क्षेत्रीय संयोजक सोनाम लामा र अन्तराष्ट्रीय समन्वय परिषदका सदस्यहरु सँग संयोजन गरी मिति र स्थान तय गर्ने निर्णय समेत गरेको छ। 
 
यसै गरी संघको राष्ट्रिय समन्वय परिषदले समाजका विभिन्न विज्ञहरुको संलग्नतामा सल्लाहकार समितिमा तपसिलका सदस्यहरु रहने  र थप तीन जनालाई पछि नियुक्त गर्ने गरी निम्न वमोजीमका सल्लाहकार समिति निर्माण गरिएको छ । खगेन्द्र जि सी, डा. यादव पण्डित, हरी शर्मा,डा. रुद्र अर्याल,डा. नर काजी गुरुड०, तेन्जिड० उक्याव,सुनील साह,मुकुन्द ढुंगाना ,गौरी जोशी,भक्त थापा(सन्फ्रान्सिस्को),प्रेम राजा महत, रृषी ढकाल । 
                 
बैठकले स्थगित रहेको अन्तराष्ट्रीय समन्वय परिषदका सदस्यहरुको निर्वाचन चाँडै नै सम्पन्न गराउनको लागि पहल गर्ने निर्णय समेत गरेको छ ।
 
बैठकले अमेरिकामा गैर आवाशीय संघलाई पारदर्शिता बनाउन एनआरएन एनसिसि युएसएका  कोषाध्यक्ष वेद राज बस्नेतको अध्यक्षतामा प्रकाश सापकोटा , मोहन ज्ञवाली , सुर्य लम्साल , गोमा सेन र सिपिए विराज रिजाल सदस्य रहने गरी आर्थिक समिति पनि निर्माण गरेछ ।
 
 बैठक एनआरएन एनसिसि युएसएका महा सचिव तिलक श्रेष्ठले संचालन गरेका थिए ।