मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

फुटबल मैदान बन्यो रण मैदान (फोटो फिचर)

फुटबल मैदान बन्यो रण मैदान (फोटो फिचर)


काठमाडौं : कलात्मक र आक्रमक खेल शैलीका कारण फुटबल विश्वमै सबैभन्दा लोकप्रिय खेल बनेको छ । कुनै कुनै देश र क्लब फुटबल एउटा युद्ध बराबर हुन्छ । जसमा हुने हारजितले मैदानबाहिर समेत भिडन्तको अवस्था निम्त्याउँछ ।
 
बुधबार अष्ट्रियामा भएको क्लबस्तरको मैत्रीपूर्ण खेलपछि दर्शकहरु भिड्दा फुटबल मैदान रणमैदानमा परिणत भयो ।
 
अस्ट्रियाको साल्जबर्गस्थित युगेनड्रफ सहरमा भएको मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको लिड्स युनाइटेडलाई जर्मनीको इन्ट्राक्ट फ्रयांकफ्रटले २–१ ले पराजित गरेपछि दुबै क्लबका दर्शकहरु मैदानदेखि सडकसम्म भिडन्तमा उत्रे ।
 
रेफ्रीले फाइनल ह्वीसील बजाउने बित्तिकै लिड्स युनाइटेड र फ्रयांकफ्रटका दर्शक एकअर्कामा जाइलागेका थिए । खेल मैदानबाट शुरु भिडन्त कार पार्किङ हुँदै सडकसम्म पुग्यो ।