मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

करण जोहरप्रति सलमान आक्रोशित

करण जोहरप्रति सलमान आक्रोशित


बक्सअफिसमा अधिकांश फिल्मले कन्टेन्टभन्दा स्टारका कारण दवदवा जमाउँदै आएका छन्,’ यस्तै प्रसंगलाई लिएर निर्देशक निर्माता तथा करण जोहरले आफ्नो वक्तव्य जाहेर गरेका थिए।
 
जुलाई १७ मा ‘बजरंगी भाइजान’ को रिलिज कुरेर बसिरहेका सलमान खानलाई एक कार्यक्रममा भारतीय मिडियाले करण जोहरको वक्तव्यलाई लिएर प्रश्न सोधेपछि खानले भने,‘करण जोेहर को हो? के उ बलिउडको प्रवक्ता हो? जो कोही अभिनेतालाई स्टार बनाउने दर्शकले हो। दर्शक उसँग जोडिइरह्यो भने मात्र ऊ ठूलो स्टार बन्न सक्छ।’
 
सलमानले यत्ति भनेर मात्र चित्त बुझाएनन् । उनले भने,‘विगत पाँच वर्षदेखि मात्र मेरो स्टारडम बढेको हो। तर, म यो अवस्थामा आइपुग्नका लागि २० वर्षको मेहनत खर्च भएको छ।’
 
उनले बलिउडमा छिर्दाको समयमा सनी देवल, ज्याकी श्राफ, सञ्जय दत्त, आमिर खान र आफूलाई सानो केटो सोच्ने गरेको र आफूभन्दा पहिले आएकालाई ठूला मान्छे जस्तो व्यवहार हुने गरेको उल्लेख गर्दै इन्स्पेक्टर, वकिल, लोकल डन लगायतको भूमिका नपाउने भएकाले रोमान्टिक, कमेडी हुँदै एक्सनमा आएको पनि बताए। – एजेन्सी