मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

कपिल शर्माको कमेडी नाइट वीथ कपिलको प्रशारण बन्द

कपिल शर्माको कमेडी नाइट वीथ कपिलको प्रशारण बन्द


कमेडियन कपिल शर्माको कमेडी नाइट वीथ कपिलको प्रशारण बन्द हुने भएको छ। 
 
३४ वर्षिय यी हाँस्य कलाकारको सो बलिउड स्टारका लागि आफ्नो फिल्म प्रमोशन गर्ने उपयुक्त माध्यम बनेको थियो। तर, यो कार्यक्रम अब केही दिनका लागि बन्द हुने भएको छ। कार्यक्रमको अन्तिम भागको सुटिङ सलमान खानको साथमा गरिएको थियो।
 
कपिल शर्माले आफ्नो सो बन्द हुन लागेको खबर ट्वीट गरेर दिएका छन्। उनले लेखेका छन्, हेल्लो साथीहरु। विश्वास छ सब राम्रो हुन्छ। तर, मेरो स्थिती ठिक छैन। मलाई आराम गर्नुपर्ने सुझाब आएको छ। अन्तिम भागको सुटिङ सलमान खानसँग भएको छ। त्यसो त उनले आफु चाँडै फर्किने पनि उल्लेख गरेका छन्। सन २०१३ मा सुरु भएको यो कार्यक्रममा आजको मितीसम्म बिना झञ्झट प्रशारण हुँदै आएको थियो।