मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय खबर तस्विर   

बाबु आमालाई मैले दु:ख दिएको छु: सलमान

बाबु आमालाई मैले दु:ख दिएको छु: सलमान


आफ्ना बाबुआमालाई सुख दिनु सबै सन्तानको परम कर्तब्य हो। कहिलेकाँहि विभिन्न कारणले सन्तान ठूलो भइसक्दा पनि सन्तानको चिन्ता बाबुआमालाई भइहन्छ। यस अवस्थामा सन्तानलाई पनि राम्रो लाग्दैन्।
 
 बलिउड अभिनेता सलमान खानलाई पनि आफूले आफ्ना बाबुआमालाई सुख दिन नसकेको लागिरहेको छ।
उनले छोराको रुपमा आफ्ना बाबु आमालाई छोराले दिनुपर्ने सुख दिन नसकेको बताएका छन्। 
 
उनले एक अन्तरवार्तामा सो कुरा बताएका हुन्। उनले त्यसमा आफू एउटा असल छोरा बन्न चाहेको इच्छा पनि व्यक्त गरे।
 
सलमानले भने, 'म असल छोरा बन्न चाहन्छु। मैले मेरा बाबुआमालाई मेरा मुद्दा एवम अन्य कुराका कारण दु: ख दिएको छु। मेरो चिन्ताको कारण उहाँहरू धेरै छिटो बुढयौलीले समातिरहेको छ। मेरो मुद्दाको जे फैसला भएपनि म भोग्न तयार छु। बाबु आमाका लागि केही गर्न चाहन्छु।' – एजेन्सी