अमेरिका समाचार

अमेरिकाले अष्ट्रेलियालाई २-० गोलले हराउँदै नकआउट चरणको संघारमा

अमेरिकाले अष्ट्रेलियालाई २-० गोलले हराउँदै नकआउट चरणको संघारमा

अमेरिकाले आफ्नो अन्तिम ग्रुप खेल जुन २५ मा टर्किविरुद्ध खेल्नेछ

तस्बिर: सामाजिक संजाल

सिएटलको लुमेन फिल्डमा भएको सन् २०२६ फिफा विश्वकप ग्रुप डीको दोस्रो खेलमा सहआयोजक अमेरिकाले अष्ट्रेलियालाई २-० गोलको अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। यो जितसँगै अमेरिकाले नकआउट चरणमा प्रवेश गर्ने आफ्नो बाटो थप सहज बनाएको हो । छ।

खेलको ११औं मिनेटमै अमेरिकाले अग्रता लियो, जब फोलारिन बालोगुनको आक्रामक खेलबाट आएको बल अष्ट्रेलियाली डिफेन्डर क्यामेरुन बर्गेसको खुट्टामा लागेर आत्मघाती गोलमा परिणत भयो। त्यसपछि पहिलो हाफको अन्त्यतिर एलेक्स फ्रिम्यानले हेडरबाट दोस्रो गोल थपे, जुन सुरुमा अफसाइड भनी रद्द गरिए पनि भिएआर समीक्षापछि मान्यता दिइयो । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसक्दा खेल २- ० मै सकियो।

Advertisement

अमेरिकाका कप्तान क्रिश्चियन पुलिसिक बाछीको चोटका कारण यो खेलमा खेल्न सकेनन्, तर उनको अनुपस्थितिमा पनि टोलीले सहज र नियन्त्रित खेल देखायो। अमेरिकाले खेल स्पष्ट रुपमा कब्जा गरेको देखिन्थ्यो । जसले गर्दा अष्ट्रेलियाले प्रतिआक्रमणबाहेक खासै खतरा सिर्जना गर्न सकेन।

यसअघि अमेरिकाले आफ्नो उद्घाटन खेलमा परागवेलाई ४-१ गोलले पराजित गरेको थियो, जसमा बालोगुनले डबल गोल गरेका थिए। यी दुई जितसँगै अमेरिकाले ग्रुप डीमा ६ अंकसहित शीर्ष स्थान सुनिश्चित गरेको छ।

अब अमेरिकाले आफ्नो अन्तिम ग्रुप खेल जुन २५ मा टर्किविरुद्ध खेल्नेछ। यो खेलमा हार वा ड्र भए पनि अमेरिका हाल कायम रहेको अंकका भरमा नकआउट चरणमा पुग्ने सम्भावना उच्च छ ।

यो पनि पढ्नुहोस