अमेरिकाले पहिलो हाफसम्मको अबधीमा २ गोल गरेको छ भने अष्ट्रेलियाले गोलको खाता खोल्न सकेको छैन । अमेरिकाको सियाटलमा शुक्रबार जुन १९को अपरान्हमा भइरहेको २०२६ फिफा विश्वकप समूहचरणको महत्वपूर्ण खेलमा अमेरिकाको दबाबपूर्ण प्रदर्शन रहेको थियो । अमेरिकाको घरेलू मैदानमा करिब ६८ हजार दर्शकको समर्थनमा अमेरिकी खेलाडीले प्रदर्शन गरिरहेका छन् ।
१८ औं मिनेटमा क्रिष्टियन पुलिसिक ले मिडफिल्डबाट उत्कृष्ट पास दिँदै टिमोथी विया लाई मिलाए। टिमोथीले कुनै गल्ती नगरी गोल गर्दै युएसए लाई १ गोल दिलाए। आजको खेलमा अष्ट्रेलियाको तर्फबाट केही फाउलहरु पनि भएका छन् ।
३७ औं मिनेटमा युएसए ले दोस्रो गोल गर्यो। पुलिसिकको कर्नर बल रिकार्डो पेपी ले हेड गर्दै मिलाएपछि फोलारिन बालोगुन ले रिबाउन्डमा निकट दूरीबाट गोल गरे। उक्त गोल हो कि अफसाइड हो भनेर केही बेर रेफ्रीले निर्णयका लागि समय लिएका थिए । र अन्तत त्यो गोल को रुपमा निर्णय गरिएको थियो । खेलको ५३ औं मिनेटसम्म पनि अष्ट्रेलियाले १ गोल पनि गर्न सकेको छैन ।












प्रतिक्रिया