अमेरिका समाचार

अझै अमेरिकाको अग्रता

अझै अमेरिकाको अग्रता

अमेरिका २, अष्ट्रेलिया ०


आज जुन १९, २०२६ मा फिफा विश्वकप २०२६ को रोमाञ्चक समूह चरणको खेलमा संयुक्त राज्य अमेरिका (यूएसए) ले अष्ट्रेलियालाई ६७ औं मिनेटसम्म २–० ले पछि पारिरहेको छ। स्टेडियममा उपस्थित हजारौं अमेरिकी समर्थकहरूको उत्साहले पूरै माहोललाई रंगीन बनाएका छन् ।

खेलको सुरुवातदेखि नै अमेरिकी टोलीले आक्रमक फुटबल कौशल देखायो। पहिलो गोल आकर्षक थियो जसले अमेरिकी समर्थकहरूलाई उफ्रिएर समर्थन गर्ने मौका दियो। उनीहरूले यएसए यूएसए को नारा लगाउँदै झण्डा फहराए । र रंथगशालालाई थर्काए। दोस्रो गोलले अघिल्लो हाफको अन्त्यतिर अमेरिकालाई २–० को आरामदायी अग्रता दिलायो। अमेरिकी खेलाडीहरूको गतिशीलता, पासिङ र फिनिसिङले अष्ट्रेलियाली डिफेन्सलाई निकै दबाबमा राखेको छ।अष्ट्रेलियाली टोली भने खेलमा फाउलको भरमा रोक्न खोजिरहेको देखिन्छ। उनीहरूले बारम्बार कडा ट्याकल र अनावश्यक फाउल गरेका छन् जसले अमेरिकी खेलाडीहरूलाई घाइते बनाउने प्रयास गरेको जस्तो देखिन्छ। रेफ्रीले अष्ट्रेलियाका केही खेलाडीलाई पहेँलो कार्ड देखाइसकेका छन्।

Advertisement

यस्ता फाउलहरूले खेललाई केही रोक्ने र तनावपूर्ण बनाएको छ तर अमेरिकी टोलीले अनुशासन कायम राख्दै आफ्नो खेल जारी राखेको छ।स्टेडियममा अमेरिकी समर्थकहरूको उत्साह अद्भुत छ। प्रत्येक पास र हरेक आक्रमणमा उनीहरू चिच्याएर टोलीलाई प्रोत्साहन दिइरहेका छन्। केही समर्थकहरूले वि विलिभ र लेट्स गो युएसए लेखिएका ब्यानर बोकेका छन् भने अरूले राष्ट्रिय गान गाउँदै खुसी मनाइरहेका छन्। यो उत्साहले अमेरिकी टोलीलाई थप ऊर्जा दिइरहेको देखिन्छ।७३ औं मिनेटसम्म खेल अझै बाँकी छ र अमेरिकाले आफ्नो अग्रता कायम राख्न सकेमा यो जित निकै ठूलो हुने देखिन्छ। अष्ट्रेलियाले अब छिट्टै केही प्रतिकार गर्नुपर्ने हुन्छ, नत्र खेल पूरै अमेरिकाको पकडमा रहनेछ।