मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

हरेक क्षेत्रमा विज्ञ टोली तयार गरेर विकास गर्छु : सांसद् ढकाल

हरेक क्षेत्रमा विज्ञ टोली तयार गरेर विकास गर्छु : सांसद् ढकाल


चितवन । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि ढकालले कृषि तथा खेलकुद विकासका लागि नीति बनाएर अघि बढ्ने तथा हरेक क्षेत्रसँग सम्बन्धित विज्ञ टोली तयार गरी नागरिकको समस्या सुनुवाइ गरिने बताएका छन् । 
 
रत्ननगर ९ मा रहेको बालुवाटार कृषक समूहद्वारा आयोजित टोल विकास संस्थाका प्रतिनिधि, रत्नप्रिय क्लबका सदस्य तथा विभिन्न संस्थाका प्रतिनिधिसँगको अन्तर्क्रिया कार्यक्रममा ढकालले सो कुरा बताएका हुन् । पूर्वी चितवनको पर्साबजारमा सम्पर्क कार्यालय उद्घाटन भैसकेको बताउँदै ढकालले सबै जनाले आआफ्नो समस्या प्रत्यक्षरुपमा राख्नसमेत आग्रह गरे ।  
 
कार्यक्रममा रत्ननगर ९ का वडाध्यक्ष अनन्त अधिकारीले वडामा रहेका खगेरी खोला, पुल, सडक, जङ्गल तथा तटबन्धलगायतका समस्याहरु समेटिएको ज्ञापनपत्र सांसद् ढकाललाई हस्तान्तरण गरेका थिए । 
 
रत्ननगर ताजा फलफूल तथा तरकारी सहकारी संस्थाका अध्यक्ष विष्णुहरि देवकोटाले कृषकलाई आवश्यक सीप, सामग्री तथा बजारलगायतका कुरामा किसानलाई समस्या परेको भन्दै समाधानको माग गरेका थिए ।
 
कार्यक्रममा रत्नप्रिय क्लबका अध्यक्ष वसन्त रानाले टिकौली चौरलाई खेल मैदानको रुपमा विकास गर्नुपर्ने साथै विद्यालयस्तरबाट खेलाडी उत्पादन र खेलप्रति जागरुक बनाउन सम्बन्धित निकायले तयारी गर्नुपर्ने बताए ।
 
उक्त कार्यक्रममा एनिमल राइट्स चितवनका सुमिधा गौतमले वन्यजन्तुको संरक्षणका साथै वन्यजन्तु र मानव द्वन्द्व कम गर्न नीतिगतरुपमा सरकार अगाडि बढ्नुपर्ने बताएकी थिइन् । कार्यक्रम बालुवाटार कृषक समूहका अध्यक्ष भीमनिधि तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।