आदरणीय कुमार पन्त ज्यु
अध्यक्ष
गैरआवासीय नेपाली संघ
तपाईको लचकता र संस्थालाई शुरुका दिनदेखिनै मिलाएर लैजान खोज्नुभएको प्रयास प्रसंसनिय हो तर अन्त्य कसरी हुन्छ र हुदैछ त्यो भविष्यले बताएला। यद्यपि जुन प्रयास आजका दिनसम्म गर्नुभयो त्यहि लचकताबाट यसको अन्त्य भयो भने गैरआवासीय नेपाली संघको इतिहाँसमा तपाइको नाम पनि त्यहि उचाइमा रहने छ।
गैरअवासीय नेपाली संघ क्यानडाको बर्तमान नेतृत्व समेत त्यहि दिशामा अगाडी बढेको छ। सामाजिक एकता, सद्भाव र प्रवासमा रहँदा आफ्दा दाजुभाईविचको सुमधुर सम्वन्धले नै त्यहाँको जीवनयापनलाई सहज बनाउँछ भन्ने मान्यतालाई प्रार्थमिकतामा राख्दै समाजका सवै पक्षको सहयोगमा गैरआवासीय नेपाली संघ क्यानडा अगाडी बढेको छ। आगामी दिनहरुमा पनि यहि रुपमा अगाडी बढाउने प्रयत्न रहनेछ। अव रह्यो गैरआवासीय नेपाली संघ क्यानडालाई बर्खास्त गर्छु भन्ने तपाइँले लेखेको पत्रबारे।
१) गैरआवासीय नेपाली संघ क्यानडाले कुनै पनि दिन पैसा बुझाउँदैनौ भनेको छैन।निवर्तमान अध्यक्ष र म समेतको सल्लाहमा पठाएको १ सय ४९ जनाको लिष्ट सदर हुनुपर्यो तवमात्र हामी रकम बुझाउँछौ भनेको हो। तपाइलाई मार्च २ मा पठाएको पत्रको बुँदा नं ५ मा स्पष्टसंग लेखिएको छ। पैसा बुझाउँछौ भन्दा भन्दै तपाई गैरआवासीय नेपाली संघ क्यानडाको मागलाई सुन्दै नसुनी कार्वाहिको धम्की दिने कि समस्या के हो भन्ने बुझेर त्यसको समाधान खोज्ने?
हामीलाई थाहा छ तपाइकै कार्यकालमा गैरआवासीय नेपाली संघ क्यानडाको निवर्तमान कार्यसमितिले आफ्नो कार्यकालको अन्यतिर गत जुलाइ २०२१ मा मात्र रकम बुझाएको हो। तत्कालिन कार्यसमितिलाई २ बर्ष रकम नबुझाउँदा सम्म चुप्प लागेर बस्ने तर अहिलेको कार्यसमसितिले डेलिगेट्स समस्या समाधान गरौ रकम बुझाउँछै भन्दा भन्दै ७ महिनामै कार्वाहिका धम्कि।
एउटै देशका निवर्तमान र वर्तमान अध्यक्ष विच यत्रो विभेद किन ? त्यसैले तपाइँले यो पत्र पुर्वाग्रहवाट प्रेरित भएर लेख्नुभएको छ भन्ने मेरो ठहर छ।
२ डेलिगेट्स सम्वन्धमा आइसीसीको मनोमानी।
क) प्रारम्भिक २ वटा लिष्टमा नाम प्रकाशित भएका अटोवाका उमेश भण्डारी को नाम तेस्रो डेलिगेट्स लिष्टमा हटाइयो। यदि एमआइएस सिष्टममा छैन भने कसरी इन सकिन्छ भनेर समधानको उपाय खोज्ने कि आफुलाई भोट आउने र नआउने कुराको लेखाजोखा गरि नामै हटाइदिने ?
ख) गैरआवासीय नेपाली संघ क्यानडाबाट पठाइएका प्रतिनिधिहरु डा पुर्ण कंडेल, उत्तम केसी, केदार बस्नेत, कुन्दन घिमिरे, दिनेश खविवडा लगायतको नाम दोस्रो र तेस्रो लिष्टमा थियो तर फेब्रुअरी २५ गते प्रकासित नामावलीमा छैन । के यो आइसिसीलाई मन पर्यो भने हटाउने मन पर्यो भने राख्ने आफ्नो घर हो ? जे मनलाग्दी गर्न पाइने? लिष्टमा राखिसकेपछि हटाउदा जानकारी दिनुपर्ने कि नपर्ने ?
३. जुन कार्वाहिको कुरा छ त्यो नै अवैधानिक छ। गैरआवासीय नेपाली संघको विधानमा अन्तराष्ट्रिय समन्वय समितिले तोकेको रकम तिनुपर्नेछ भन्ने लेखिएको तर कहिले तिर्ने भन्ने उल्लेख छैन। ६ महिनाभित्रमा नतिर्दैमा कार्वाहि गर्ने भन्ने नियमविपरित छ। किनकी तपाइलाई थाहा छ निवर्तमान कार्यसमितिले निर्वाचित भएको २३ महिना पछि मात्र रकम भुक्तानी गरेको हो। अझै रकम बुझाउनुपर्ने शर्त पालना गर्न गैरआवासीय नेपाली संघको विधानको अनुसुची ८ को ट मा अन्तराष्ट्रिय सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्नेछ भनेर लेखिएको छ तर गैरआवासीय नेपाली संघ क्यानडाले आइसिसीसंग कहाँ कस्तो सम्झौता गरेको छ त्यसको प्रमाण मैले प्राप्त गरेको छैन।
४.गैरआवासीय नेपाली संघ क्यानडालाई ठाडो भाषामा विघटन गर्दछु भनेर धम्कि दिने अधिकार तपाइँ र आइसीसीलाई छैन।क्यानडामा दर्ता भएको संस्था यहाँका ४३ सय ३० सदस्यहरुबाट निर्वाचित भएको कार्यकारी समितिलाई तपाँई जर्मनीमा बस्ने व्यक्तिले कसरी भंग गर्न सक्नुहुन्छ ? तपाइलाई मन लागेको व्याक्तिलाई आफ्नो गुटको कारिन्दा नियुक्त गर्न सक्नुहोला तर गैरआवासीय नेपाली संघ क्यानडालाई छुन पनि सक्नुहुन्न। केबल सक्छन त यहाँका साधारण सदस्यहरुले मात्र सक्छन् ।
फेरी पनि गैरआवासीय नेपाली संघ क्यानडा आइसिसीमा भइरहेको पछिल्लो गतिविधिलाई गहिरो रुपमा हेरीरहेको छ । संस्थाको हितकालागी र संस्थाको एकताका लागी हरेक गतिविधिमा हाम्रो संलग्नता र सहयोग रहिरहने छ । अन्त्यमा गैरआवासीय नेपाली संघ क्यानडाले पठाएका १ सय ४९ जना प्रतिनिधिहरुलाई यहि मार्च ६ तारेख विहान १० बजे प्रमाणीत गरि सहयोग गरिदिनुहुन अनुरोध छ ।
सदस्यज्युहरु संग उठाएको रकम गैरआवासीय नेपाली संघ क्यानडाको बैकमा सुरक्षित छ। समस्याको समाधानपछि तुरुन्त पठाइने छ ।
धन्यबाद;
दिपक गौतम
अध्यक्ष
गैरआवासीय नेपाली संघ क्यानडा
मार्च ४, २०२२













प्रतिक्रिया