मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

अर्भिङ्गमा भएको निःशुल्क स्वास्थ शिविरबाट ३०० जना लाभान्वित

अर्भिङ्गमा भएको निःशुल्क स्वास्थ शिविरबाट ३०० जना लाभान्वित


र्भिङ्ग (टेक्सस) । गैरआवासीय नेपाली संघ (एनआरएनए) टेक्सस र नेपाली समाज टेक्ससको संयोजन तथा पार्कल्याण्ड हस्पिटल टेक्ससको आयोजना शनिबार अर्भिङ्गमा भएको निःशुल्क स्वास्थ शिविरबाट तीन सय जनाले सेवा प्राप्त गरेका छन् ।
 
शिविरमा १४० जनालाई कोभिड भ्याक्सिन, १२० जनालाई फ्लु भ्याक्सिन दिइएको थियो । त्यस्तै ४० जना महिलालाई मेमोग्राम सेवाका लागि सिफारिस गरिएको छ । मेमोग्राम सेवाका लागि भने ड्यालस काउन्टीमै बसोवास गर्ने व्यक्ति हुनुपर्ने प्रावधानका कारण कम सेवाग्राही भएका हुन् । 

 
बिहान ९ बजेदेखि सुरु भएर १ बजे समापन भएको शिविरमा पार्कल्याण्ड हस्पिटलका ३५ जना स्वास्थकर्मी र स्थानीय २५ जना स्वयमसेवकले सेवा प्रदान गरेको एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापाले जानकारी दिए । 
 
शिविरमा ५ वर्षभन्दामाथि उमेरका बालबालिकाहरुलाई समेत कोभिड भ्याक्सिन दिइएको थियो । त्यस्तै ६ महिनाभन्दा माथि उमेर भएकाहरुलाई फ्लुसट पनि दिइएको थियो ।

 

शेयर गर्नुहोस:

756
Shares