मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए महासचिवमा डा. पौडेलको उमेदवारी

एनआरएनए महासचिवमा डा. पौडेलको उमेदवारी


काठमाडौँ । नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्त्वपूर्ण छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकांक्षी उमेदवार चुनावी दौडधूपमा लागेका छन् ।      
 
आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उमेदवारले आ–आफ्नो पदको घोषणा गरी चुनाव प्रचारप्रसार व्यापक बनाउँदै गएका हुन् । यसै सन्दर्भमा अमेरिकाबाट पूर्व अध्यक्ष डा. केशव पाैडेलले उम्मेदवारी दिने बताएका छन् । पाैडेलको उम्मेदवारीकाे चर्चासँगै अमेरिकाबाट महासचिवमा दुइ उम्मेदवार हुने संकेत देखिएको छ । महासचिवमा अमेरिकाबाटै सूचना प्रविधिका क्षेत्रमा कृयाशील इन्जिनियर तथा व्यबसायी गाैरीराज जोशीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । 
 
एनआरएनएको महासचिव पद महत्त्वपूर्ण जिम्मेवारी हो । एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । डा पौडेल संस्थागत विकासका लागि यस पटक आफू महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उमेदवारी दिन लागेको जानकारी दिए । तर अमेरिकाको एनअारएनएलाइ सधैंभरि विवादमा पार्ने र मुद्धा मामिलामा फँसाउने व्यक्तिका रूपमा उनी विवादित पनि छन् । 

गत सम्मेलनमा उपाध्यक्षमा पराजित पाैडेल यसपटक महासचिवमा तयारी गर्दैछन् । पाैडेलका प्रतिस्पर्धीका रूपमा उम्मेदवारी दिन लागेका जाेशी वर्तमान कार्यसमितिमा सचिव हुन् ।

 
तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उनी विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न छन् । उनी दुइ कार्यकाल एनअारएनए अमेरिकाको अध्यक्ष भएका थिए । तर उनकै कार्यकालमा भएका चुनावी वेथिती, संस्थागत गतिविधिलाइ लिएर मुद्धा मामिला भएको थियो । 
 
डा पौडेलले यस पटक एनआरएनए संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत भएका छन् । अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा पौडेल नेपालमा अाफू ग्रिनसिटी अस्पतालमार्फत सकृय रहेको दावी गरेका छन् । उनले अमेरिका लगायत नेपालमा होटल व्यबसाय समेत रहेको जानकारी दिए ।
 
आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनका दौरानमा भर्चुअलमार्फत हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलुकका तीन हजार ६०० प्रतिनिधि भर्चुअलमार्फत सहभागी हुनेछन् ।