मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए सचिवमा मध्यपूर्व संयोजक गुरूङको उमेदवारी घोषणा

एनआरएनए सचिवमा मध्यपूर्व संयोजक गुरूङको उमेदवारी घोषणा


भरतपुर । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोबर तेस्रो साता हुने १०औँ महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक प्रवीण गुरूङले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
 
उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास आफ्नो उमेदवारीको एजेन्डा हुने बताएका छन् । संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उमेदवारी दिने निचोडमा पुगेको उनले बताए । 
 
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण गरेका थिए । एनआरएनएले सुरूवात गरेको गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए ।
 
यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए ।
 
बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा अग्रसरता देखाएका थिए ।