मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

डेलिगेटको विवादित चुनाव सकियो, १०५० भोट खस्यो

डेलिगेटको विवादित चुनाव सकियो, १०५० भोट खस्यो


अमेरिका । एनआरएनए एनसिसी अमेरिकाबाट आइसिसी प्रतिनिधि डेलिगेटका लागि विवादै विवादका बीच शुक्रबार भएको चुनावमा १०५० भोटबाट ९ जना निर्वाचित भएका छन् । 
 
दक्षिण (साउथ) र पश्चिम (वेष्ट) क्षेत्रका लागि मात्र चुनाव भएको थियो । अन्य दुई क्षेत्रबाट भने डेलिगेट र्निविरोध चयन भएका थिए । दुई क्षेत्रमा करिब १२ हजार मतदाता सदस्य थिए । 
 
यो चुनाव आइसिसी विधानअनुसार नभएकाले बहिष्कार गर्न समाजिक सञ्जालमार्फत केहीले अनुरोधसमेत गरेका थिए । एनआरएनए अमेरिकाका एक जना उपाध्यक्षसमेत यो चुनावको पक्षमा थिएनन् । 
 
एनसिसी कार्यसमितिका अधिकांश पदाधिकारीले भने यो चुनावलाई स्वीकारेका छन् । चुनावपछि एनआरएनए अमेरिकका अध्यक्ष बुद्धि सुवेदीले अगष्ट १५ सम्म डेलिगेटको सूची दिइसक्नु पर्ने भएकाले आइसिसीले अगष्ट ११ मा पठाएको पत्रअनुसार चुनाव भएको बताए । अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक रामसि पोखरेलले पनि यो चुनाव गर्नै पर्ने बाध्यता भएको बताएका थिए । 
 
विवादका बीच १८ जना डेलिगेटका लागि शुक्रबार चुनाव भएको थियो । १८ मध्ये पनि करिब आधा डेलिगेट पदमा निर्विरोध भएको थियो । 
 
आइसिसीको निर्देशनअनुसार गत बुधबार साँझ एनआरएनए एनसिसी अमेरिका बोर्डले निर्वाचन समितिलाई डेलिगेटका चुनाव प्रक्रिया पूरा गर्न अनुरोध गरेको थियो । 
 
निर्वाचन समितिले चुनावी प्रक्रिया पहिल्यै नै अगाडि बढाए पनि आइसिसीको पत्रका आधारमा एनसिसी अमेरिकाले रोक्न अनुरोध गरेको थियो । यसअनुसार त्यसबेला तय भएको समयमा चुनाव भएको थिएन । 
शुक्रबार चुनावबाट साम्भ लामिछाने, नेत्र खत्री केसी, रोशनकुमार ढुंगाना, दीपक घिमिरे र भानुझ आचार्य साउथ क्षेत्रबाट निर्वाचित भएका छन् । वेष्टबाट नारायण खनाल, कुमारजंग कार्की, कृष्णराज गिरी र विराज भण्डारी डेलिगेट भएका छन् । 
 
अब आइसिसीले यो चुनाव नतिजालाई मान्छ वा मान्दैन भन्ने अन्योल भने छ । एनआरएनए अमेरिकाको विषयम आइसिसीका पदाधिकारी नै विवादित छन् । बैठकमा उनीहरुबीच विवाद हुने गरेको छ । 
यो चुनाव गर्न हुन्छ वा हुँदैन भन्ने बारेमा पनि आइसिसीले स्पष्ट मार्गनिर्देशन गर्न सकेको थिएन ।