मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए युकेका अध्यक्षमा गाहामगर

एनआरएनए युकेका अध्यक्षमा गाहामगर


काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको थियो । 
 
झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा सुनिलबाबु खड्काले चार हजार एक सय ६९, गोविन्द खरेलले तीन हजार ६ सय ६५, नारायण कँडेलले ४ हजार चार सय ९५, मोहन कार्कीले चार हजार पाँच सय ९५ मत प्राप्त गरी विजयी भएका थिए । 
 
यस्तै, महिला उपाध्यक्षमा सकुन्तला गुरुङ, महासचिवमा खुसी लिम्बू,सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, कोषाध्यक्षमा विष्णु खरेल, सह–कोषाध्यक्षमा शशाङ्क शर्मा, युवा संयोजकमा तीर्थबहादुर मल्ल, महिला संयोजकमा विमला लिम्बू र सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भीम खनाल र बालकृष्ण दाहाल विजयी भएका छन् ।
 
त्यसैगरी क्षेत्रीय समितिमा इङल्यान्ड राज्य परिषद्का अध्यक्षमा एलबीजेड गुरुङ र स्कटल्यान्ड परिषद्का अध्यक्षमा काशिराम भण्डारी विजयी भएको निर्वाचन पर्यवेक्षक भगिरथ योगीले जानकारी दिए।
 
निर्वाचन समितिले गत सोमबार नेपाल पत्रकार महासङ्घ युके शाखाका अध्यक्ष ध्रुव अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङगीमगर र वरिष्ठ सञ्चारकर्मी योगीलाई निर्वाचन पर्यवेक्षक रुपमा जिम्मेवारी दिएको थियो । रासस