मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

गैरआवासीय नेपाली संघ जापानका अध्यक्षमा पौडेल विजयी

गैरआवासीय नेपाली संघ जापानका अध्यक्षमा पौडेल विजयी


टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् । 
 
जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।
 
निर्वाचन समितिका अनुसार कुल नौ हजार ३९४ मतदाता रहेकामा कुल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८  र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेका छन् । 
 
यसैगरी, वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । यसपटक कुल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका थिए । रासस

शेयर गर्नुहोस:

324
Shares