ग्लोबल नेपाली

गैरआवासीय नेपाली संघ जापानका अध्यक्षमा पौडेल विजयी

गैरआवासीय नेपाली संघ जापानका अध्यक्षमा पौडेल विजयी


टोकियो । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उनी निर्वाचित भएका हुन् । 
 
जुलाई २५ बाट जारी महाधिवेशननमा नयाँ कार्यसमिति २०२१–२३ का लागि सहमति जुटाउने प्रयास असफल भएपछि आज मतदान भएको थियो ।
 
निर्वाचन समितिका अनुसार कुल नौ हजार ३९४ मतदाता रहेकामा कुल सात हजार ७६७ मत खसेको थियो । नवनिर्वाचित पौडेलले तीन हजार ३८  र निकटतम् प्रतिस्पर्धी अनिता गुरुङले एक हजार ८६९ मत प्राप्त गरेका छन् । 
 
यसैगरी, वरिष्ठ उपाध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । यसपटक कुल २९ पदका लागि ५९ ले उम्मेदवारी दिएका थिए । रासस