मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए र सगुनबीच आपसी सहकार्य गर्नेबारे सहमति पत्रमा हस्ताक्षर

एनआरएनए र सगुनबीच आपसी सहकार्य गर्नेबारे सहमति पत्रमा हस्ताक्षर


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
 
समझदारी पत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ-कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ । 
 
त्यस्तै, प्रवासमा रहेका नेपालीद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहित गर्न सगुनले सघाउने विश्वास पनि एनआरएनएले व्यक्त गरेको छ । एनआरएनए र सगुन कल्याणकारी गतिविधिहरुमा सहकार्य गर्ने सम्भावनाको खोजी  गर्न पनि सहमत भएका छन् । 
 
८२ मुलुकमा फैलिएको एनआरएनएले आफ्नो स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीले सुरु गरेका नवीनतम् विचार तथा परियोजनाहरुलाई सघाउँदै आएको छ ।  
 
सो अवसरमा एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले प्रवासी नेपालीसँग रहेको सीप, प्रविधि र पुँजी नेपाल भित्र्याउन काम गरिरहेको बताए । सगुनका संस्थापक गोविन्द गिरीले संसारभरि फैलिएका नेपालीहरुको साझा संस्था एनआरएनएसँगको सहकार्य दुवै पक्षका लागि लाभदायी हुने बताए । 
 
सन् २०१५ मा औपचारिक रुपमा सुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालयहरु छन् भने अहिले झन्डै पैंसठ्ठी लाख प्रयोगकर्ताहरुले सगुन एप चलाइरहेका छन् । ६५ राष्ट्रहरुबाट चार हजार ५०० भन्दा बढी लगानीकर्ता यसमा जोडिएका छन् ।