उनले वर्तमान कार्यसमितिले गरेका काम र कमजोरीको जिम्मवारी लिन आफू तयार रहेको बताउँदै यो कार्यसमितिमार्फत आफ्नो सक्रियतामा कयौँ काम सम्पन्न भएको पनि दाबी गरे ।
‘कोभिड-१९ का वाबजुद पनि यो कार्यसमितिले कयौँ काम गरेको छ’, बञ्जाडेले भने, ‘कोभिड १९ ले पनि एनआरएनए समुदायको लागि चाहिने संस्था भएको पुष्टि गरेको छ ।’
‘धेरैले नेपालीले नेपालको सम्पत्ति घर जग्गा के हुन्छ भनेर सोध्नुहुन्छ, पैतृक सम्पत्ति कसरी राख्ने जस्ता प्रश्नहरु आउने गरेका छन्’ डा बञ्जाडेले भने, ‘अहिले सरकारले एनआरएन आइडी दिइरहेको छ अमेरिकामा करिब १२ सयले यस्तो आइडी लिनुभएको छ यो आईडीमा राखिएका केही बन्देजहरु हटाउन सकियो भने नेपाली समुदायका नेपालमा भएको घरजग्गा सम्पत्तिसम्बन्धी विवादको सम्बोधन हुने छ । आइडीको बन्देज हटाउने हो भने यो नेपाली ग्रिनकार्ड जस्तै हुन्छ, यो हुँदा एनआरएनए नागरिकता पुन: लिनु पनि जरुरी हुँदैन ।’
बञ्जाडेले एनआरएनए अमेरिकाको सदस्य संख्या बढाउन परिवारको एकजना पछि अन्यलाई सहुलियतमा अर्थात पाँच डलरमा सदस्यता दिनु उपयुक्त हुने पनि बताए ।
नेपाली युवा विद्यार्थीलाई अमेरिकी सरकारका निकायमा इन्टर्नका रुपमा काममा प्रवेश गराउन सकियो भने यो फाइदाजनक हुने बताउँदै बञ्जाडेले यसका लागि कहाँ, कसरी जाने यसका बारेमा जानकारी दिएर प्रोत्साहन गर्न सकिने बताए ।
‘नेपाली समुदायका स्थानीय संस्थाले गर्ने काममा एनआरएनएले बाधा पुर्याउँदैन हस्तक्षेप गर्दैन बरु सहयोग गर्छ’, उनले भने, ‘स्थानीय संस्थाले गर्ने काम उनीहरुले नै गर्ने हो ।’
सबैको सहकार्य र मिलेर जाँदा नै नेपाली समुदायको हितका लागि काम गर्न सकिने बताउँदै उनले यसरी जानुको विकल्प नभएको पनि बताए ।
प्रतिक्रिया