
लन्डन । विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै विदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार, यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन् ।
संघका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमण भएका र यसका कारण कसैको पनि मृत्यु भने भएको छैन ।
हालसम्म ४२ देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ । गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका निधन भइसकेको बताइएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमितमध्ये मुक्त हुनेहरुको सङ्ख्या बढेको छ । गत हप्तासम्म सङ्क्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकामा यो साता ७६ दशमलव नौ प्रतिशत पुगेको छ ।
उक्त संघले अति आवश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरोनाका कारण बेलायत फ्रान्स, बेल्जियम र जर्मनीजस्ता मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा नगर्न उक्त संघले आह्वान गरेको हो ।
संघका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नाका साथै सार्वजनिक स्थलहरुमा निस्किँदम सकेसम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेका छन् ।

हिमालय खबर -
- स्वस्थानी व्रतकथा मेला आजदेखि सुरु, शालीनदीमा मेला
- विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो
- रिपब्लिकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत
- तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री
- प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस
- चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै
- सन् २०२१ मा बलियो बन्दै महामारीले थलिएको विश्व अर्थतन्त्र
- संगीतकर्मी मिन गुरुडको सुन्तलाको फुल सार्वजानिक
- नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको
- कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम सार्वजनिक
प्रतिक्रिया