ड्यालस (टेक्सस) – अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा राधेश्याम लेकाली निर्वाचित भएका छन् ।
शुक्रबार राति प्रकाशित गरिएको नतिजा अनुसार लेकाली ५७० मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम गोवर्धन पूजाले ३५९ मत पाएका छन् । लेकाली नेपालमा बस्छन् भने गोवर्धन पूजा बाल्टिमोरमा बस्छन् ।
अनेसासको १३ औँ कार्यसमिति चयनका लागि बुधवार, बिहीबार र शुक्रवार तीन दिन सम्म अनलाइनबाट मतदान भएको थियो ।
प्रकाशित नतिजा अनुसार अमेरिका क्षेत्रको उपाध्यक्षमा शान्तिराम ढकाल, महासचिव पदमा गणेश घिमिरे अस्ट्रेलिया, सचिवमा लालगोपाल सुवेदी अमेरिका चयन भएका छन् । सदस्यहरूमा सानु घिमिरे, लक्ष्मी राई र अग्निप्रसाद पराजुली, कृष्ण गुल्मेली बाबु निर्वाचित भएका छन् ।
यस अघिनै वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश पौडेल ‘माइला’, उपाध्यक्षहरू भीमसेन सापकोटा, निशा अर्याल, सुनिल संगम र कोषाध्यक्ष पदमा विकास विष्ट निर्विरोध निर्वाचित भैसकेका थिए ।
कुल एकहजार एकसय ७८ सदस्य रहेको अनेसासको नेतृत्व चयनका लागि ९२९ मत खसेको थियो । चुनाव सम्पन्न गर्नका लागि टेक्ससका भीम कार्कीलाइ प्रमुख निर्वाचन अधिकृतका साथै डा. चुडा खनाल र प्रविण भण्डारीलाइ निर्वाचत अधिकृत तोकिएको थियो ।
प्रतिक्रिया