साहित्य/सिर्जना

रसुवा बाढीपीडितको सहयोगार्थ एकल कविता वाचन

रसुवा बाढीपीडितको सहयोगार्थ एकल कविता वाचन

समयको हस्ताक्षरः


शेयर गर्नुहोस:

1.3k
Shares

  • change font
  • change font

हालै रसुवा क्षेत्रमा आएको अकल्पनीय बाढी पीडितको सम्झनामा प्रकाश सायमीको एकल कविता बाचन कार्यक्रमको शब्दचित्र प्रस्तुत गरेको छु ।

प्रकाश सायमी भन्ने वित्तिकै बहूआयामिक प्रतिभाका धनी नेपाली सिनेमा , कला र संस्कृतिप्रति समर्पित नाम हो भनेर चिन्हाई राख्नु पर्दैन ।

Advertisement

बहूआयामिक यस अर्थमा कि उहाँको अदभूत् स्मरणशक्तिले उहाँलाई नेपाली गीत संगीत र चलचित्र क्षेत्रमा ईनसाक्लोपिडिया पनि भनिन्छ । कुन गीत कहिले आयो, कस्ले लेख्यो , कस्ले गायो र तेस्को पृष्ठभूमि तत्क्षण भन्न सक्ने प्रकाशजीको आज पाटन ढोकामा अवस्थित यलमाया केन्द्रको सभागृहमा एकल कविता बाचनको कार्यक्रम गरिएको थियो ।

समारोहको उदेश्य उहांँका केही लोकप्रिय कविताहरू सुन्ने र दान पेटिकामा हालैको रसुवा क्षेत्रमा आएको अकल्पनीय वाढीमा परेकाको सहयोगार्थ प्रधानमन्त्री राहतकोष मार्फत आफूले जो सकेको रकम प्रदान गर्न अनुरोध पनि गर्नु थियो ।

नेपाली र नेवारी दुवै भाषाका उत्तिकै ज्ञाता र दोषरहित उच्चारणले पनि प्रकाश सायमीजीको लोकप्रियता दिनहुँ चुलिंदै गएको छ ।

दुईघण्टा लामो उक्त कार्यक्रममा उहाँका केही जिवन्त र केही एवस्ट्रयाक्ट कविताहरू बाचन गरिएका थिए ।

कुनै कविता मार्फत उहाँले भ्रष्ट्राचारमा लिप्त पुराना शासकहरूलाई दरो कोर्रा प्रहार गर्नुभयो भनें कुनै कवितामा माटोको गन्ध पनि पस्किनु भएको थियो ।

एउटा कवितामा आफ्नी धर्मपत्नी अंजलीजीलाई प्रतिक बनाएर प्रेम प्रसंड्गको रंड्ग भर्नु भयो ।

प्रकाश सायमीसंग क्यामराको लेंन्सवाट संसार हेर्ने र कलमबाट भावनाको नदी बगाउन सक्ने अदभूत क्षमता छ ।

कविता क्षेत्र बाहेक पुराना जमानाका ओझेल परेका कयौं गीतकार , संगीतकार र गायकलाई फेरि सम्झ्याएर पुरानो र नयाँ पुस्तासंग सेतुको काम गर्ने मान्छेको नाम हो प्रकाश सायमी ।

५४/५५ साल देखि हालै केही दिन अघिसम्म पनि उहाँले संचालन गर्नुभएको कार्यक्रम अजर अमर गीतहरू मार्फत कयौं विर्सिसकेका श्रष्टाहरूलाई जीवन्त गर्दा पुराना श्रोता र श्रष्टाका परिवारबाट समेत उहाँको मुक्तकंठले प्रशंसा हुने गरेको कुरा यहाँ लेख्न छुटाउनु हुंदैन ।

आजको एकल कविता बाचन कार्यक्रममा कला र साहित्य क्षेत्रका लव्धप्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । खचाखच भरिएको उक्त हलको कार्यक्रमा बैनी सनी सिंहको मधुर भ्वाईलीन बादनमा अरूणालामाले गाउनु भएको कालजयी गीत पोहरसाल मुटु फाट्यो तेसलाई पनि मनले टालें बज्दा धेरै श्रोताको गह भरिएका थिए ।
कतै कुनै आबाज आएन , कसैको फोन बजेन, कसैले साईड टक पनि गरेनन् , दुईघण्टासम्म मत्रमुग्ध भएर ध्यानपूर्वक कुर्सिमा बाँधेर राख्यो समारोहले ।

सानो विश्रामको बेला कवि क्रिसु क्षेत्री क्षेत्रीले प्रकाश सायमीको बहूआयमिक व्यक्तित्व माथि प्रकाश पार्नुभयो ।

समारोहमा प्रख्यात फोटोग्राफर मीन बज्राचार्यका केही सजीव चित्रहरू पनि विक्रीको लागि राखिएको थियो । उक्त रकम पनि वाढीपीडित कोषमा जम्मा गर्ने गरी राखिएको थियो । केही चित्रहरू विक्री पनि भएका थिए।

समारोहमा गजलकार बिटु केसीले घमण्ड नगर है जीन्दगीको कुनै भर छैन् भन्ने भाव बोकेको गजल प्रस्तुत गर्नुभयो ।

वरिष्ट पत्रकार तारा बरालजीले प्रकाश सायमीको कविताको समिक्षा गरेर त्यसका मर्महरूको सटीक व्याख्खा गर्नुभयो ।

अन्तमा मिठो चीयापानको साथै भलाकुसारी गर्दै निम्तारूहरू विस्तारै छुट्टिनुभयो ।
सम्झनाका लागि केही तस्वीरहरू पनि खिचियो ।