मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आइतबार नेपाली मन्दिरमा चार कार्यक्रम हुँदै

आइतबार नेपाली मन्दिरमा चार कार्यक्रम हुँदै


ड्यालस (टेक्सस) – आउँदो आइतबार ड्यालसको नेपाली मन्दिरमा एकै दिन चारवटा कार्यक्रमहरु आयोजना हुँदैछन् ।
 
जनैपूर्णिमाको दिन परेकोले मन्दिरमा जनैफेर्ने कार्यक्रमदेखि लिएर रक्तदान, निशुल्क स्वास्थ शिविर र सोही दिन साँझ घर किन्नेहरुका लागि जानकारीमुलक कार्यक्रमहरु राखिएको छ । 
मन्दिरमा बिहान सबेरैबाट जनैपूर्णिमाको कार्यक्रम राखिएको पूजा समितिले जनाएको छ । 
 
त्यस्तै ३६ औं विपि स्मृति दीवसका अवसरमा नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थ र वेस्ट टेक्सस च्याप्टरको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम राखिएको छ । बिहान ११ देखि दिउँसो ४ बजेसम्म रक्तदान गर्न सकिने जनसम्पर्क समितिले जनाएको छ । 
 
त्यस्तै सोही दिन बिहान १० देखि १ बजेसम्म निशुल्क स्वास्थ शिविर राखिएकोले सहभागी भएर लाभ लिनका लागि नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले आग्रह गरेका छन् ।
 
शिविरमा डा. संजीव श्रेष्ठ, झरना श्रेष्ठ, विष्णु सापकोटा र शर्मिला श्रेष्ठले स्वास्थ जाँच गर्नेछन् । प्रयोगशाला (ल्याब) आवश्यक पर्नेलाई २० डलर शुल्कमा ती सबै सुविधाहरु उपलव्ध गराइने समेत जनाइएको छ । 
 
आइतबारनै डिएफडब्लु यति होम्सका तर्फबाट सुरज पौडेलले घर किनबेच संबन्धमा कार्यशाला गोष्ठी आयोजना राखेका छन् । दिउँसो ४ देखि साँझ ७ बजेसम्म कार्यक्रम राखिएको छ । यो गोष्ठीबाट घर किन्न र बेच्न चाहने दुबै पक्षले फाइदा लिन सक्नेछन् । 
 
आइतबार आयोजना हुने चारवटै कार्यक्रमले नेपाली समुदायमा महत्वपूर्ण प्रभाव पार्ने भएकोले मन्दिरमा विशेष र ठूलो जमघट हुनेछ ।

शेयर गर्नुहोस:

0
Shares