ड्यालास (टेक्सस)- ड्यालासको हस्र्टस्थित कृष्णप्रणामी मन्दिरको सहयोगका लागि व्यवसायी आनन्द फुँयालले १० हजार डलर प्रदान गरेका छन् ।
ड्यालासमा घरजग्गा व्यवसाय गर्दै आएका फुँयालले मन्दिर प्रांगणमा शनिबार आयोजित एक कार्यक्रममा उक्त रकमको चेक मन्दिरका अध्यक्ष चन्द्र प्रसाईं तथा कोषाध्यक्ष शारदा न्यौपानेलाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो धर्म, संस्कृतिको रक्षा गरी भावि पुस्तालाई हस्तान्तरण गर्न धार्मिक, सांस्कृतिक संस्था र समुदायको महत्वपूर्ण भूमिका हुने भएकाले आफूले उक्त सहयोग गरेको व्यवसायी फुयाँलेले बताए । उनले आफूले प्रदान गरेको रकम मन्दिर व्यवस्थापनले सदुपयोग गरी मन्दिरलाई आत्मनिर्भर बनाउन खर्च गर्ने अपेक्षा गरेको पनि बताए । आर्जन गरेको रकमबाट केही रकम सामाजिक तथा धार्मिक कार्यमा खर्च गर्ने आफ्नो योजनाअनुसार यो पटक श्री कृष्णप्रणामी मन्दिर हस्र्टलाई उक्त सहयोग गरेको उनले जानकारी दिए ।
कार्यक्रममा मन्दिरका अध्यक्ष चन्द्रप्रसाईं, सचिव मनोज अधिकारी, कोषाध्यक्ष शारदा न्यौपानेलगायतले मन्दिरलाईं आत्मनिर्भर बनाउनका लागि आर्थिक सहयोग गरेको भन्दै फुँयाललाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया