मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पूर्व प्रधानमन्त्री माधब नेपाल सिकागो आउँदै

पूर्व प्रधानमन्त्री माधब नेपाल सिकागो आउँदै


सिकागो (अमेरिका) – पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव नेपाल अमेरिकाको सिकागो आउने भएका छन् । 
 
अगष्ट ३१ देखि सेप्टेम्बर ३ सम्म हुन लागेको नेपाली नेसनल कन्भेसनको प्रमुख अतिथीको रुपमा पूर्ब प्रमं नेपाल सिकागो आउन लागेका हुन् । हरेक बर्षको ‘अमेरिकन लेबर–ड’े सप्ताह पारेर अमेरिकामा रहेका नेपालीहरुका पुराना र ठुला संस्था नासिया र एन्माले संयुक्त रुपमा गर्दै आएको सम्मेलनमा यस बर्षदेखी अमेरिकामा रहेका नेपालीहरुकै पुरानो संस्था एनएन पनि सहभागी भएको छ । 
 
नेपाली समाजका लागि एकता भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनमा बिभिन्न फोरम, नेपालको पर्यटन र लगानी लगायतका बिषयमा सम्मेलन केन्द्रित गरिनेछ भने मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि भब्य तयारी भईरहेको जनाइएको छ । सम्मेलनको संयोजक तथा एन्मा अध्यक्ष बाला घिमीरेका अनुसार सम्मेलनमा भाग लिन पुर्व प्रधानमन्त्री नेपालका अतिरिक्त नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा पनि आउने भएका छन् । 
 
पर्यटनदुत समेत रहेका घिमीरेका अनुसार सम्मेलनमा नेपालका हित र बिकाससंग सम्बन्धीत बिभिन्न बिषयमा छलफल हुने भएकोले पुर्व प्रधानमन्त्रीलाई आफुहरुले प्रमुख अतिथीको रुपमा बोलाएर बर्तमान सरकारसँग आफुहरुको सन्देश पुराउन खोजेको जानकारी दिए ।
 
सम्मेलनमा फिल्म फेस्टीबल पनि हुनेः
तीन दिनसम्म चल्ने नेपाली नेशनल कन्भेन्सनमा नेम्पा फिल्म अवार्ड पनि वितरण हुने भएको छ । सम्मेलनको अर्को आयोजक संस्था एएनएका अध्यक्ष मेदिनी अधिकारीका अनुसार सम्मेलनको दोश्रो दिन साँझ फिल्म अवार्ड कार्यक्रम आयोजना हुनेछ । 
 
चर्चित फिल्म अवार्डमा भाग लिन नेपाली सिने जगतका हस्तीहरु निर शाह, सुनिल थापा, भुवन केसी देखि लिएर अहिलेको समयका चलेका नायक अनमोल केसी लगायतका चर्चित कलकारहरुको उपस्थिती रहने जनाइएको छ । 
 
नासियाका अध्यक्ष माधव ढकालका अनुसार तीन दिन सम्म चल्ने सम्मेलनको दोश्रो दिन साँझ नै कन्सर्टको आयोजना गरिएको छ । कन्सर्टमा अहिलेका पुस्ताका सर्वाधिक चलेका गायक प्रमोद खरेल र हिमालसागरको शनिबार बिषेश प्रस्तुती रहने छ । आईतबार साँझ बरिष्ठ लोक गायक प्रेमराजा महत देखि स्थानिय प्रतिभाहरुको समेत प्रस्तुतीमा बिषेश सांस्कृतिक कार्यक्रमको आयोजना हुने छ । सम्मेलनमा मनोरञ्जनका साथै बिभिन्न फोरम तथा बहसहरु चल्नेछन् । 
 
परिवार सहित सिकागोमा मनोरञ्जन लिनुका साथै देश हितका बिभिन्न छलफलमा सहभागी हुन आयोजकहरुले आब्हान गरिरहेका छन् । होटल हिल्टनमा हुने कार्यक्रममा बुकिंग तथा रजिष्ट्रेशनका लागि सम्मेलनको वेबसाईट मार्फत गर्न सकिने आयोजकले जनाएका छन् ।

शेयर गर्नुहोस:

0
Shares