मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

डुबेर निधन भएका सापकोटाको अन्तिम संस्कार

डुबेर निधन भएका सापकोटाको अन्तिम संस्कार


ड्यालस (अमेरिका) – गत साता ओक्लाहोमासिटीको स्विमिङपुलमा डुबेर निधन भएका सुनिल सापकोटाको अन्तिम संस्कार आइतबार ड्यालसमा गरियो ।
 
उनका पिता नेपालबाट आएपछि नेपाली समाज टेक्सस र गैर आवासीय नेपाली संघ (एनआरएन) को समन्वयमा अन्तिम संस्कार गरिएको हो । स्थानीय विद्युतीय शवदाहगृह ह्युगेज फेमिली ट्रिव्युट सेन्टरमा स्व. सापकोटाको अन्तिम बिदाईका लागि स्थानीय नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो । 
 
त्यस अवसरमा एक मिनेट मौनधारण गरिएको थियो । त्यस अवसरमा नेपाली मन्दिरका मुल पूजारी डा. शेखर पण्डित, नेपाली समाजका अध्यक्ष सुमन थापा, पूर्ब अध्यक्ष कृष्ण लामिछाने, सचिव परशुराम दाहाल लगायतले स्व. सापकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
 
गत जुलाइ २० तारिक ओक्लाहोमासिटी स्थित अपार्टमेन्टको स्विमिङपुलमा पौडी खेल्ने क्रममा सापकोटाको डुबेर निधन भएको थियो । उनी स्थानीय कम्युनिटी कलेजमा अध्ययरत थिए ।

शेयर गर्नुहोस:

0
Shares