डेनभर (कोलोराडो) – अमेरिकाको कोलोराडोमा रहेका नेपालीहरु बीच सद्भाब बढाउने उद्वेश्यले नेपाली जनसम्पर्क समितीले अाइतबार समर पिकनिक आयोजना गरेको छ ।
कोलोराडोको ब्रुमफिल स्थित कम्यूनिटी पार्कमा सम्पन्न पिकनिक कार्यक्रममा बिभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजिवी, कलाकार, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, सल्लाहकार पुरुषोत्तम पाण्डे र बुद्धी लामीछाने, संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रिपाठी, नेवाखःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ लगायतको सकृयता थियो ।
त्यस्तै तमु धिका अध्यक्ष चन्द्रबहादुर गुरुङ, कोलोराडो सिष्टर गु्रपका अध्यक्ष धन पौडेल, यूएस नेपाल न्यूजका बिकल पराजुली, डा.बिजयराज शर्मा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका महासचिब श्याम श्रेष्ठ, एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष बासुदेब खनाल, एनआरएन कोलोराडो च्याप्टरका सचिव रामचन्द्र पन्त, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, आयोजक संस्थाका पदाधिकारी लगायतका ब्याक्तिहरुको उपस्थिती रहेको थियो ।
आयोजकले पिकनिकमा सहभागीहरुलाई निशुल्क खाना उपलब्ध गराएका थिए । उपस्थित दिदी बहिनीहरुले लोकगीत तथा नजिकिदै गरेको तिजको गीतमा नाचगान गरि सहभागलिाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको अन्त्यमा आयोजक संस्थाका अध्यक्ष गणेश भण्डारीले पिकनिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिएका थिए ।







प्रतिक्रिया