मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

न्यू-ओर्लियन्समा गोली चल्दा तीन जनाको ज्यान गयो

न्यू-ओर्लियन्समा गोली चल्दा तीन जनाको ज्यान गयो


हिमालयखवर संवाददाता
अमेरिका- न्यू-ओर्लियन्स स्थित सडकमा भएको गोलीबारीमा तीन जनाले ज्यान गुमाएका छन् । शनिवार साँझ भएको यस घटनामा सात जना घाईते भएको प्रहरीले जनाएको छ । उक्त गोलीबारी शनिवार साँझ साढे आठ बजे त्यहाँको चर्चित पर्यटकिय स्थल फ्रेन्च क्वाटर भन्दा ३ माइल पर चिकेन एण्ड वाटरमेलन रेष्टुरेण्ट नजिक भएको थियो । 
 
स्थानिय संचारमाध्यमका अनुसार दुई जना हुडी लगाएका व्यक्तिले भिडमाथि सर्टगन द्धारा जथाभावी गोली चलाएका थिए । 
 
गोली चलाएपछि ती व्यक्तिहरु दौडिएर भागेका थिए । प्रहरीले यस घटनामा संलग्नको खोजी गरिरहेको छ । घाइतेलाई तत्काल स्थानिय अस्पतालमा उपचारका लागि लगिएको थियो ।
आफ्नो शहरमा यस्तो प्रकारको कार्यलाई कुनै पनि हालतमा स्विकार्य नभएको त्यहाँका मेयर लातोया सेन्ट्रलले जनाएका छन् । 
 
स्थानिय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा संलग्न प्रहरीले अधिकारीले व्यक्तिगत इवीका कारण यो घटना भएको हुन सक्ने जनाएका छन् । 
 
यस्तै टेक्ससको रोब्सटाउनमा एउटै परिवारका पाँच सदस्य मृत फेला परेका छन् । गालीका कारण यो घटना भएको प्रहरीले जनाएको छ । शुक्रवार राती भएको यो घटनामा एक जना किशोरपनि परेका छन् । प्रहरीले यो घटनालाई हत्या आत्महत्यासँग जोडेर हेरिरहेको छ । तस्बिर: सामाजिक संजाल 
 

शेयर गर्नुहोस:

0
Shares