मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

व्यबसायमा पूँजी जुटाउने विषयमा अन्तरकृया

व्यबसायमा पूँजी जुटाउने विषयमा अन्तरकृया


ड्यालस (टेक्सस) – अमेरिकी राज्य टेक्ससको युलेसमा ‘नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स’ले शुक्रबार उद्यमका लागि पूँजी जुटाउने विषयमा केन्द्रित रहेर छलफल सम्पन्न भएको छ ।
 
कार्यक्रममा साना व्यवसाय गर्न सहयोग गर्ने अमेरिकी सरकारको निकाय ‘स्मल बिजनेस एडमिनिस्ट्रेसन’ –एसबीए’ की अधिकृत ब्रिजेट मून, साना व्यावसायलाई ऋण सहयोग गर्ने गैर–नाफामुखी संस्था ‘अलायन्स लेन्डिङ कर्पोरेसन’ का कार्यकारी निर्देशक जेम्स स्टोक्स तथा लिफ्ट फन्डकी कार्यकारी निर्देशक किम बोयडनले शीर्ष विषयमा सहभागीसँग अन्तरकृया गरेका थिए।
 
उनीहरुले सानो लगानीमा कसरी व्यवसाय गर्न सकिन्छ, पूँजी कसरी व्यवस्थापन गर्ने, ऋण कहाँबाट कसरी उपलब्ध हुन्छ, व्यवसायलाई कसरी फैलाउँदै लैजान सकिन्छ जस्ता जानकारी उपलब्ध गराएका थिए। 
 
अमेरिकामा रहेर व्यवसाय गरिरहेका नेपालीहरुको यो संस्था तीन वर्षअघि स्थापना भएको हो। संस्थाले उद्यम गर्न चाहने तथा गरिरहेकाहरुलाई व्यवसायका लागि उत्प्रेरित गर्ने, उनीहरुका पक्षमा वकालत गर्ने तथा सूचना दिने उद्देश्यले यस्ता छलफल नियमित रुपमा चलाउँदै आएको छ। 
 
कार्यक्रममा एसबीएकी अधिकृत मूनले व्यवसाय गर्ने सोच बनाइरहेका तथा गरिरहेकाहरुलाई अमेरिकी सरकारले गर्दै आएको सहयोगबाट फाइदा लिन आग्रह गरिन्। उनले एसबीएले व्यवसायका लागि चाहिने सूचना, तालिम तथा वित्तिय संस्थाहरुसँग सम्बन्ध बनाउन सघाउने जानकारी दिइन्।
 
एसबीए र ‘नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्स’ बीच एक वर्षअघि रणनैतीक सम्बन्ध स्थापना भएको थियो। यस सम्बन्धमा एक–अर्कालाई सूचना, विज्ञ तथा स्रोत उपलब्ध गराउने सम्झौता भएको छ।
 
त्यस्तै, ‘अलायन्स लेन्डिङ कर्पोरेसन’का स्टोक्सले एसबीएको ऋण कार्यक्रम ‘५०४’ अन्तर्गत प्राप्त हुने ऋणको बारेमा जानकारी दिँदै यो कार्यक्रम कस्तो खालका व्यवसायलाई ठिक हुन्छ भन्ने बारेमा प्रकाश पारेका थिए। साथै उनले यो कार्यक्रमबाट नेपाली व्यवासयले भरपुर फाइदा लिन सक्ने बताएका थिए।
 
लिफ्ट फन्डकी कार्यकारी निर्देशक बोयडनले साना व्यवसायीलाई आफ्नो संस्थाले गर्न सक्ने काम तथा कार्यक्रमको बारेमा अवगत गराएकी थिइन्।

शेयर गर्नुहोस:

0
Shares