मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

न्यैापानेको अरूसँग म्युजिक भिडियो सार्वजनिक

न्यैापानेको अरूसँग म्युजिक भिडियो सार्वजनिक


ड्यालस (टेक्सस) – युवा गीतकार भुपेन्द्र न्यौपानेको ‘अरुसँग’को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
 
छायांकन सुरु भएको १० दिन भित्र उक्त गीतको भिडियो समापन गरि सार्बजनिक गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठ, गायक बिश्व नेपाली रहेका छन् भने गीतकार भुपेन्द्र न्यौपाने हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुमा निरज बराल, सुमी सिलवाल, नविन अधिकारी रहेका छन् । भिडियोको छायाङ्कन ड्यालस र वरिपरी गरिएको छ । 
 
केही वर्षदेखि अमेरिकामा बस्दै अाएका न्यौपानेले अाफ्नो सोखलाइ पुरा गर्दै समाजलाइ समेत योगदान गर्न अमेरिकामा पनि आफ्नो विधालाई निरन्तरता दिदै  अाएका छन् । उनी अमेरिकामा विभिन्न संघ संस्थामा आबद्ध रहेका छन् । 
 
न्यैापाने अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् । यो गीत सँगै छिट्टै चलचित्र र गीति संग्रहमा पनि आउने भएका छन् ।
८८४८ संचार गृहले निर्माण गरेको हो भने पाईनापल क्रिएसनले पोस्ट निर्माण गरेको हो ।
 
 

शेयर गर्नुहोस:

0
Shares