लसएन्जलस (अमेरिका) – गैर अावासीय नेपाली संघ (एनअारएन) अमेरिकाले टिपिएस सुविधा लिएकाहरूको सुविधाका लागि सोमबार निशुल्क सहयोग शिविर सञ्चालन गर्ने भएको छ ।
सोमबार दिउँसो ४ बजेदेखि ८ बजेसम्म लसएन्जलसमा टिपिएसमा पुनः दर्ताका लागि अावश्यक सहयोग गर्न शिविर अायोजना गरिएको एनअारएन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए । सन् २०१५ को भुकम्प पछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरूले टिपिएस सुविधा लिनसक्ने सुविधा दिएको थियो ।
टिपिएस सुविधाले अमेरिकामा कुनै पनि कागजात विना बस्दै अाएका नेपालीले काम गर्न पाउने वर्क परमिट, ट्राभल डकुमेन्ट पाएका छन् । यो सुविधा अन्तिम पटकलाइ अमेरिकी सरकारले सन् २०१९ जुनसम्मका लागि नवीकरण गर्ने जनाएको छ ।
टिपिएसमा रहनका लागि पुनः दर्ता गर्नुपर्ने भएकोले त्यसका लागि सहयोग गर्न शिविर राखिएको हो । शिविरमा सबै सुविधा निशुल्क हुने एनअारएन क्यालिफोर्निया च्याप्टरले जनाएको छ । अावश्यक जानकारीका लागि संबन्धित व्यक्तिहरूले च्याप्टर सभापति रामबाबु पाण्डे, इन्दिरा त्रिपाठी, डोल्मा लामा, नुतन काफ्लेसँग सम्पर्क राख्न सकिने जनाइएको छ ।
प्रतिक्रिया