टेक्सस(अमेरिका)- नेपालीहरूको ठुलो संख्यामा बसोबास रहेका अमेरिकाको दुई राज्य टेक्सस र क्यालिफोर्नियामा नेपाली कन्सुलेट कार्यालय राख्ने विषयमा आफूहरूले अध्ययन गरिरहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताउनुभएको छ ।
पत्रकार सूर्य थापासँग कार्यक्रम यु स्टाट अगेनका लागि सिंहदरबारमा कुरा गर्दै मन्त्री ज्ञवालीले अमेरिकाको टेक्सस र क्यालिफोर्निया राज्यमा रहेका नेपालीहरूबाट कन्सुलेटको माग भईरहेकोले आफू सकारात्मक भएर अध्यन गरिरहेको बताउनुभएको छ ।
मन्त्री ज्ञवालीका अनुसार सरकारले कन्सुलेट स्थापना गर्नु पूर्व मुख्य दुई कुरालाई आधार मानेर अध्यन गर्ने बताउनुभएको छ । सरकारले कुनै पनि नयाँ ठाउँमा कन्सुलेट स्थापना गर्दा सरकारलाई स्थानीय क्षेत्रमा आर्थिक साझेदारीको सम्भावना र दोश्रो त्यंहा रहेका नेपालीहरूको आवश्यकतालाई आधार मानेर निर्णय लिने बताउनुभयो ।
मन्त्री ज्ञवालीसंग अमेरिकामा रहेका नेपालीका साथै विदेशमा रहेका नेपाली र नेपालको विदेश सम्बन्धका बारेमा गरिएको विस्तृत अन्तरबार्ता कार्यक्रम यु स्टाट अगेनमा प्रस्तुत हुँदैछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया