मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मध्यरातमा यसरी तात्यो ड्यालस (भिडियो सहित)

मध्यरातमा यसरी तात्यो ड्यालस (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस)-  तपाई डान्सफ्लोरमा आगो बाल्न चाहनुहुन्छ ? बिहीबार मध्यरातमा ड्यालस डाउनटाउनमा नेपाली किशोर-किशोरीहरुले डान्सफ्लोरमा आगो बालेका थिए । मध्यरातसम्म ड्यालस डाउनटाउनको प्यासेफिक एभेन्यूको सडकमा ट्राफिक अस्तव्यस्त थियो ।
 
नेपाल नाच्छमा आगो बाल्न आएका ठिटाठिटीले त्यहाँको एमईडी अमेरिकाको डान्स फ्लोरमा प्रवेश पाउन लामो लाइन लागेको थियो । बाहिर भन्दा भित्र अझ खचाखच थियो । 
 
आकर्षक परिहन, चर्को म्युजिक, अनि डान्स र वारले डान्सफ्लोरमा मादकता थपेको थियो । सबै सभ्य र आफ्नो स्वतन्त्रता उपयोग गर्दै रमाइरहेका थिए । कोही ठिटाठिटी जोसीलो बनेर नाचमा व्यस्त थिए भने कोही डान्सफ्लोरमा चर्को म्युजिकको जोसमा थिए । त्यहाँको भीडभाड हेर्दा लाग्थ्यो हामी काठमाडौँमै छौ ।  फरक सुरक्षा व्यवस्था कडा थियो । जसले थोरैपनि अनुशासन तोड्छ सुरक्षाकर्मीले एक्जिटको बाटो देखाएका थिए । काठमाडौँ भन्दा यही फरक थियो । 
 
नेपाल नाच्छ यो नेपाली युवाले सृजना गरेको ग्लोबल कार्यक्रम हो । अमेरिकामा मात्र होइन विभिन्न देशमा यस्तै कार्यक्रम हुँदैआएको यो ड्यालसको विहिवारको कार्यक्रम सातौँ संस्करण हो । 
 
कार्यक्रम  डिजो प्रशान्त, डिजो मम, डीजे विश्व, डिजे रिट, डिजे घले, डिजे सुशान्त, डिजे समीर, डिजे नितिश, डिजे स्केपले आफ्नो प्रस्तुति दिएका थिए । १८ वर्ष भन्दा माथिलाई मात्र प्रवेश दिइएको उक्त डान्स फ्लोरमा नेपाली विद्यार्थीको बाहुल्यता थियो । उत्साह भर्न ड्यालसका चर्चित व्यवसायी पासाङ लामा, दिपेश श्रेष्ठ, नेपाली समाज टेक्सस अध्यक्ष सुमन थापा, एनआरएन अमेरिकाका कार्यकारी  सदस्य अमृतबाबु कट्टेल, फिस्टेल रेष्टेरेण्टका संचालक चिन्तामणी बराल/सबिन वाग्ले लगायतपनि त्यहाँ पुगेका थिए । उनीहरू पनि नाचिरहेका थिए । 
 

शेयर गर्नुहोस:

0
Shares